मिति : २०८१ वैशाख ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नाकाबन्दीको बिरोधमा सडकमा कलाकार

फिल्मीखबर, काठमाडौं, 2015/11/24
भारतले लगाएको नाकावन्दीको विरोधमा नेपाली कलाकर्मीहरु सडकमै उत्रेका छन् । ‘चलचित्रकर्मी राष्ट्रिय जागरण अभियान’ को संयोजनमा मंगलवार राजधानीमा बृहत शान्ती र्याली प्रदर्शन आयो । 
 
 
 
र्यालीमा नेपाली फिल्म तथा टेलिफिल्मदेखी गीत संगीत क्षेत्रका श्रष्टाहरुको सहभागिता थियो भने अन्य नागरिकहरुले पनि राम्रो साथ दिए । ‘सार्वभौम राष्ट्रको आधार, हाम्रो स्वतन्त्रता हाम्रो अधिकार’, ‘हाम्रो मान हाम्रो शान, राष्ट्रिय स्वाभिमान’ लगायतका नाकाबन्दीको विरोध बोल्ने विभिन्न प्रचा तथा प्ले कार्डसहित कलाकारहरु सडकमा उत्रिएका थिए । सहभागीहरु मध्ये धेरैले नेपालको झण्डा बोकेका देखिन्थे ।
 
शान्तिबाटिकाबाट सुरु भएको र्याली भद्रकाली, सहिदगेट, सुन्धारा, बसन्तपुर, असन हुँदै जमल पुगेर सकिएको थियो । भारतको अघोषित नाकाबन्दी र मधेशमा चलिरहेको आन्दोलन पश्चात देशमा उत्पन्न विकराल परिस्थितीलाई तत्काल व्यवस्थापन गर्न सरकारलाई दबाब दिनको लागी एक भई राष्ट्रियताको पक्षमा उभिएका कलाकर्मीहरुले विरोधको चरणगत कार्यक्रम अन्तर्गत केहि दिन पहिले प्रधानमन्त्रिलाई ज्ञापनपत्र वुझाएका थिए । 
 
 
मंगलवारको यो र्याली पश्चात आगामी मंसिर १४ गते सिंहदरबारदेखी युएन पार्कसम्म मानव साङ्ग्लो बनाई सांकेतिक बिरोध गर्ने कार्यक्रम रहेको संयोजक हरिहर शर्माले बताए ।
 
यसैबीच र्यालीमा नाम चलेका अनुहारहरु भने कमै देखिए । ईन्धनको अभाव भई धेरै फिल्मको सुटिङ नचलिरहेको र फुर्स्दिलो समय भएपनि कलाकारहरुले राष्ट्रियताको पक्षमा भएको कार्यक्रमलाई भने खासै वास्ता गरेको पाईएन । 
 
 
चर्चित गायिका कोमल ओली, कलाकारहरु दिपकराज गिरी, सिताराम कट्टेल, कुञ्जना घिमिरे, दिपाश्री निरौला, रमेश उप्रेती, निर्मल शर्मा बाहेक नयाँ पुस्ताले चिन्ने कमै अनुहारहरु कार्यक्रममा देखिए । तर पुरानी नायिका बसुन्धरा भुषाल लगायतको टिम भने निकै सकृय रुपमा लागिरहेको देखिन्थ्यो ।