मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सन्नि लियोनको रेट कति ?

एजेन्सी, मुम्बई, 2015/11/24
पूर्व पोर्न स्टार सन्नि लियोनले बलिउडमा प्रवेश गरेको केहि बर्षमा नै ठूलो हाईट लिईन् । बिशेषतः बढी ग्ल्यामर दृश्य समेटिने फिल्ममा उनको स्थान निर्माता निर्देशकले दिन थाले । यससँगै उनले स्टेज कार्यक्रममा पनि सकृयता बढाईन् । अब भने उनले स्टेज कार्यक्रमदेखि फिल्मको अभिनयको लागी पारिश्रमिक बढाउने भएकी छिन् । 
 
पछिल्लो फिल्म ‘एक पहेली लिला’ फ्लप भएपनि उनले फिल्ममा अबसर पाउने र स्टेज कार्यक्रममा अबसर पाउने क्रम भने रोकिएको छैन । यो बीचमा केहि दिन पहिले अमेरिकामा सम्पन्न कार्यक्रममा आफ्नो फ्यानहरुको उपस्थिती व्यापक पाईएसँगै माग झनै बढेको र पारिश्रमिक बढाउने मनशायमा उनी पुगेको बलिउड भाष्कर लेख्छ ।
 
सन्निले फिल्ममा अंग प्रदर्शनसँगै सोही प्रकारको आईटम डान्समा पनि बढी स्थान पाउने गरेकी छिन् । अब उनले आगामी हरेक प्रोजेक्टमा पारिश्रमिक बढाउने भएकी हुन् । तर, उनले अहिले कति पारिश्रमिक लिन्छिन् र कति बढ्दैछ भन्ने कुरो भने खुलेको छैन ।