मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाल भाषा फिल्म महोत्सव हुने

फिल्मीखबर, काठमाडौं, 2015/11/24
नेपाल भाषाका फिल्महरुको राजधानीमा महोत्सव हुने भएको छ । नेपाल भाषा संकिपा समाजको आयोजनामा यो महोत्सव हुन लागेको हो । महोत्सवका यो बर्षभरी निर्माण भएका बाह्र वटा फिल्म देखाईनेछ । 
 
नेपाल भाषा संकिपा समाजको चौंथौं वार्षिकोत्सवको छेको पारेर आगामी पुष महिनाको २५ गतेबाट प्रत्येक महिनाको अन्तिम शनिबार नेपालभाषाको एउटा फिल्म प्रदर्शन गरिने बताईएको छ ।
 
फिल्म महोत्सवका संयोजक विजयरत्न तुलाधरले साँस्कृतिकतामा धनी मानिने नेवार समुदायको मातृभाषा नेपालभाषामा बनेको ‘सिलु’ले नेपाल भाषामा मात्र नभइ सम्पूर्ण आदिवासी जनजाति मातृभाषाका फिल्महर मध्ये पनि पहिलो फिल्मको रुपमा गौरवता हासिल गरेको बताए । 
 
तामाङ, गुरुङ लगायत अन्य भाषाका फिल्महरू भन्दा नेवारी फिल्म व्यावसायिक रुपमा पछी परेको कुरा उल्लेख गर्दै यस्ता खालका महोत्सवले नेपालभाषाका फिल्मको बजार विकासका साथै फिल्म प्रतिको चेतना अभिवृद्दी गर्ने कुरामा विश्वास गर्न सकिने तुलाधरले औंल्याए ।