मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पाकेको काफल लिएर क्यानडामा जीवन !

फिल्मीखबर, काठमाडौं, 2015/11/23
फिल्म ‘काफल पाक्यो’को क्यानडामा प्रिमियर हुने भएको छ । माघ १ गतेबाट दर्शकमाझ आउने तयारीमा रहेको यो फिल्मको क्यानडामा नोभेम्वर २९ मा प्रिमियर हुने भएको हो । 
 
फिल्म प्रिमियरका लागि हाल अमेरिकामा रहेका नायक जीवन लुईंटेल क्यानडा पुग्नेछन्  । भूकम्पका कारण मारमा परेका वालवालिकाहरुको सहयोगार्थ भनिएको उक्त प्रिमियर फिल्मको पहिलो सार्वजनिक प्रदर्शनी हुनेछ । यसपश्चात मलेशिया र सिंगापुरमा पनि फिल्मको प्रदर्शनी हुने निर्माण टिमले जानकारी दिएको छ ।
 
साबित्री खत्री निर्देशित यो फिल्ममा जीवन कमेडी पात्रमा देखिदैछन् । त्यसैले पनि पछिल्लो समय हिट फिल्म दिन नसकेका जीवनको यो फिल्मलाई केहि आशाको रुपमा लिईएको छ । फिल्मममा जीवन बर्षा राउतसँग अनस्कृन रोमान्समा देखिनेछन् ।
 
रेडपान्डा डान्स एन्ड मुभी हाउसको ब्यानरमा बनेको यो फिल्ममा जीवन र बर्षासँगै लय संग्रौला, मुकेश आचार्य, प्रदिप ढकाल, वीएस राणा, उत्तम केसी, बालदिप राई लगायतको पनि अभिनय छ । लक्ष्मी केसीको लगानी रहेको ‘काफल पाक्यो’लाई दिपक बज्राचार्यले खिचेका हुन् ।