मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

निर्माताले मल्टिप्लेक्सबाट आधा शेयर पाउने

फिल्मीखबर, काठमाडौं, 2015/11/23

चलचित्र संघ र चलचित्र विकास बोर्डले चाडै नै पत्रकार सम्मेलन गरेर काठमाण्डौका मल्टिप्लेक्समा निर्मातालाई दिइएको नयाँ सुविधाको बारेमा  जानकारी गराउने भएका छन् । मल्टिप्लेक्स हलमा निर्माताले व्यहोर्दै आएको चर्को शोषणबाट केही हदसम्म उनीहरु मुक्त हुने भएका छन् ।


बिकास बोर्डको पहलमा चलचित्र संघले लागू गर्न लागेको नयाँ नियम अनुसार अब मल्टिप्लेक्समा नेपाली फिल्मले पहिलो हप्ता ५० प्रतिशत शेयर पाउनेछन् । यस्तै दोश्रो हप्ता ४२.५ प्रतिशत शेयर निर्माताले पाउने भएका छन् । फिल्म बनाउने निर्माताले भन्दा हलले धेरै शेयर लैजादा निर्मातालाई लगानी उठाउन नै धौ धौ भएको अवस्था थियो । विकास बोर्डका अध्यक्ष राजकुमार राइले चलचित्र संघले हलमा पत्र काटिसकेको जनाएका छन् ।


यस्तै, फिल्म हलमा अब ३ हप्तासम्म हल ट्रेलर बजाएको रकम निर्माताले तिर्न नपर्ने भएको छ । जुन हलमा फिल्म लाग्दैछ, त्यही हलमा ट्रेलर बजाउँदा पनि निर्माताले रकम तिर्नुपर्ने वाध्याता थियो । जबकी मल्टिप्लेक्सका संचालकहरुले भने हलमा बलिउड र हलिउडका ट्रेलर निशुल्क बजाउने गर्थे र प्रचार गर्थे ।