मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

रेखालाई ब्यानर बाहिरको चुनौती

फिल्मीखबर, काठमाडौं, 2015/11/23

अभिनेत्री रेखा थापा १२ बर्षदेखि फिल्म क्षेत्रमा छिन् । रेखाले निर्माता छविराज ओझासँग मिलेर बनाएका र अभिनय गरेका धेरै फिल्म सफल छन् । तर, रेखा फिल्मस्लाई छाड्ने हो भने रेखाको नाममा सफल फिल्मको संख्या कम छ ।


केही बर्षयता त रेखाका लागि ब्यानर बाहिरका फिल्ममा सफलता पाउनु भनेको फलामको चिउरा चपाए जस्तै छ । तर, रेखा आफ्नो ब्यानरमा भने हिट छिन् । रेखा फिल्मस्को ब्यानरमा बर्षमा एउटा फिल्म मेकिङ गर्ने रेखाको उक्त फिल्मले व्यापारमा उल्लेखनिय सफलता पाएकै छ ।


उनै रेखाको मुख्य भूमिका रहेको फिल्म ‘जाउँ हिड पोखरा’ मंसिर ११ गतेबाट लाग्दैछ । शोभित बस्नेतको यो  फिल्म रेखाकै स्टारडमको भरमा देखिएको छ । आफ्नो ब्यानर बाहिर असफल भैरहेकी रेखाका लागि ८० वटा हलमा ‘जाउँ हिड पोखरा’ हेर्न दर्शकलाई होल्ड गर्नुपर्ने चुनौती छ ।

 

हुनत, यो फिल्ममा जीवन लुइटेल पनि छन् । तर, शोभितले रेखालाई नै अगाडि सारेका छन् । वुझिएअनुसार  रेखालाई नै शोभितले प्रिमियरको जिम्मा दिएका छन् । रेखा थापा बाहिरी ब्यानरमा सफल होलिन् कि असफल, मंसिर ११ गतेसम्म पर्खनै पर्छ ।