मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

दिपिकाले सलमानलाई विहेको प्रस्ताव गरेपछि... !

एजेन्सी, मुम्बई, 2015/11/23

बलिउड नायिका दिपिका पादुकोणले सुपरस्टार सलमान खानसँग बिहेको लागी प्रस्ताव गरेकी छिन् । रणविर कपुरसँग रिलेशन टुटेपछि हाल अर्का नायक रनविर सिंहसँग रिलेशनमा रहेर बिहेको समेत तयारी हुँदै गर्दा दिपिकाले एक्कासी ५० बर्ष काटेका अविवाहित स्टार सलमानसँग बिहेको लागी प्रस्ताव गरेकी हुन् ।


तर यो कुरा वास्तविक जीवनमा दिपिकाले सलमानलाई पति बनाउन भने गरिनन् । यहि हप्ता प्रदर्शनको तयारीमा रहेको फिल्म ‘तमाशा’को प्रमोशनको लागी विवादित सिरियल ‘विगवोस’ पुगेकी दिपिकाले ‘तमाशा’को एक गीतमा नृत्य गरिन् जहाँ सलमानले पनि साथ दिए, त्यसपश्चात भुईंमा खुट्टा टेकेरै सुन्दर नायिका दिपिकाले ‘मुझे आपसे शादी करनी है, विल यू मैरी मी सलमान खान’ बोलिन् ।

तर दिपिकाको यो प्रस्ताव सलमानले भने तत्कालै अस्विकार गरे । सलमानले ‘दिपिकासँग मात्र होईन् अहिले नै संसारकै कुनै पनि महिलासँग रिलेशनमा रहने सोच छैन्’ दीपिका प्रस्तावलाई हाँसोमा उडाईदिएका थिए ।वलिउडमा स्टार कलाकारहरुले आफ्नो फिल्म रिलिजको छेकोमा अनेक किसिमका प्रपोगाण्डा अपनाउँछन् ।

 

यसैको निरन्तरता स्वरुप ‘तमाशा’ टिम ‘विगवोस’ सेटमा पुगेको थियो । ‘विगवोस’को ‘होस्ट’ सलमान खानले गरिरहेका छन् । ‘तमाशा’मा दिपिकासँगै रणविर कपुर लिड रोलमा छन् । ‘तमाशा’ २७ नोभेम्वरमा रिलिज हुँदैछ ।