मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ट्रेलरमा घाटुनीको प्रेम

फिल्मीखबर, काठमाडौं, 2015/11/22
खिलबहादुर गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म `टिस्टा पारीको साईनो`को ट्रेलर रिलिज भएको छ । गुरुङ तथा मगर समुदायमा नाचिने प्रचालित घाटु नाचको कथालाई देखाईएको यस फिल्ममा माया प्रेमलाई बिशेष प्राथमिकता दिईएको छ ।
 
नेपाल तथा भारतको सिक्किम समुदायका दुई पात्रको साईनो जोड्ने कथा देखाउने यो फिल्ममा वाई के मेघी गुरुङ र रोजर गुरुङको संयुक्त लगानी रहेको छ । परिच्छेद सेन ठकुरी कार्यकारी निर्माता रहेको यस फिल्ममा निर्देशक गुरूङसहित अमिर गुरूङ, युनिता गुरूङ, साधना गुरूङ, टिकाराम घले, मेघी गुरूङलगायतको अभिनय रहेको छ । 
 
यस फिल्मको सुटिङ गत बैशाख १२ गएको विनाशकारी भूकम्पको केन्द्रविन्दु भएको गोर्खाको बारपाकमा गरिएको हो । भूकम्प पूर्व कस्तो थियो त बारपाक ? फिल्ममा देख्न सकिने छ ।