Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

पैसाको पछि 'फन्को' लगाउँदै कलाकार

फिल्मीखबर, काठमाडौं, 2015/11/06

फिल्म फन्कोको ट्रेलर बाहिर आएको छ । काठमाण्डौको सिने द सेफ हलमा आयोजित कार्यक्रममा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।फिल्मले पैसाको बिषयलाई उठान गरेको छ । माघ १ गतेबाट हलमा लाग्ने यो फिल्ममा ५ जना यूवायूवती पैसाको पछाडि दौडिरहेका छन् । राजमार्गमा धेरैजसो दृश्य छायांकन गरिएको छ ।

 

फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेत्री प्रियंका कार्की, अभिनेता अनुप बराल मात्र उपस्थित थिए । अन्य कलाकार भने विविध कारणले उपस्थित हुन सकेनन् । फिल्ममा प्रियंका कार्की, सौगात मल्ल, दयाहाङ राई र केकी अधिकारी मुख्य भूमिकामा छन् ।सुवर्ण थापाको कथा, पटकथा, लेखन तथा निर्देशन रहेको फिल्ममा नरेन्द्र महर्जन, शहदेव गौतम, पदम गुरुङले पैसा लगानी गरेका छन् ।

फिल्मको ट्रेलरमा केकी, प्रियंका, सौगात र दयाको पैसा मोह देखाइएको छ । उनीहरुले फेला पारेको पैसाको पछाडि अभिनेता अनुप बराल दौडिएका छन् । फिल्मको लोकल ब्यूटी बोलको गीतलाई इन्दिरा जोशीले गाएकी मात्र छैनन् आफै नृत्य पनि गरेकी छिन् ।

 

Most Visited News (monthly)