Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5413 - 5418 of 24027
फिल्मीखबर, काठमाण्डौ, 2022-08-25, बिहिवार

बडा दशैंको छेको पारेर आगामी असोज ७ गतेबाट नेपालसँगै भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेमगीत ३’को नयाँ गीत सार्वजनिक भएको छ । ‘मायाको गाउँ’ बोलको रोमान्टिक गीतमा प्रताप दासको स्वर, सरोज पोखरेलको संगीत र विष्णु भण्डारीको शब्द रचना छ । भिडियोमा अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङ प्रेमिल र भावुक मुद्रामा प्रस्तुत छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2022-08-25, बिहिवार

यही भदौ १० गते शुक्रवारबाट प्रदर्शनमा आउन लागेको जुम्लाको जनजीवनमा आधारित फिल्म ‘प्रकाश’ले बुधवार राजधानीमा आयोजित प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको छ । बिग मुभिजको दुईवटा हल ‘बुक’ गरेर ५ सय बढी फिल्मकर्मी र अन्य क्षेत्रका व्यक्तिहरुलाई फिल्म देखाइएको थियो । जहाँ अधिकांशले फिल्मको कथावस्तु, कलाकारको अभिनयको प्रशंसामा शब्द खर्चिए ।

फिल्मीखबर, काठमाण्डौ, 2022-08-24, बुधवार

भदौ १७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’को ‘आगो बिना बिँडी जल्दैन’ गीतले यतिबेला सांगीतिक बजारमा धूम मच्चाइरहेको छ । यूट्युबमा आक्रामक भ्यूज मिलेको गीतमाथि लाखौंको संख्यामा टिकटक बनेका छन् । यो गीतले फिल्मको हाइप बढाउन ठूलो मद्दत गरेको छ । यसबीच, निर्माण टिमले अर्को गीत सार्वजनिक गरेको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-08-24, बुधवार

नर्वेमा ‘तिम्रो नजर’ नामक नेपाली फिल्मको छायांकनका लागि अभिनेता आर्यन सिग्देल र अभिनेत्री केकी अधिकारीसहित १४ जनाको नाममा भारतमा रहेको नर्वेजियन दूतावासमा नेपाल पर्यटन बोर्डको लेटरप्याड र बोर्ड प्रमुखको हस्ताक्षर नक्कली बनाएर भिसा आवेदन पेस गरेको भेटिएपछि केकीले यस किसिमको अवान्छित गतिविधिबारे आफूलाई पूर्व जानकारी नभएको स्पष्टिकरण दिएकी छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2022-08-24, बुधवार

दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलको न्यू करेन्ट सेक्सनमा छानिने पहिलो नेपाली फिल्मको रेकर्ड बनाएको सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ यही भदौ २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । फिल्मले एक दिदी र भाईको मर्मस्पर्शी कथा भनेको छ । यो फिल्मलाई निर्देशक बिडारी आफ्नो बाल्यकालको अनुभव र भोगाइको प्रतिविम्ब भन्न रुचाउँछन् ।

फिल्मीखबर, काठमाडौं, 2022-08-24, बुधवार

यही शुक्रवारबाट नेपालसहित संसारका धेरै देशहरुमा एकसाथ प्रदर्शनमा आउन लागेको अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘प्रकाश’को चार ठूला मुलुकमा अग्रिम बुकिङ खुल्ला भएको छ । मंगलवारबाट यूएई, ओमान, बहराइन, कतारलगायतका देशमा अग्रिम बुकिङ खुलेको हो । यूएईको ‘नोभो सिनेमाज्’ले आफ्नो ६ वटा मेजर हलमा फिल्मलाई कूल १९ शो उपलब्ध गराएको छ ।

Results : 5413 - 5418 of 24027
Most Visited News (monthly)