
यो हप्ता बलिउड फिल्म ‘लाइगर’सँगै दुई नेपाली फिल्म ‘प्रकाश’ र ‘राधा’ प्रदर्शनमा आए । प्रदर्शनको पहिलो दिन ‘लाइगर’माथि मल्टीप्लेक्स सञ्चालकहरुले ठूलो विश्वास गर्दा दुई नेपाली फिल्मले न प्राइम टाइम शो पाए न पर्याप्त शो । यद्यपि, प्रदर्शनको पहिलो दिन ‘प्रकाश’भन्दा मल्टीप्लेक्समा ‘राधा’ले बढी शो पाएको थियो । त्यसैले यसका निर्माता राम्रो शो पाउँदासम्म दंग भएर मौन बसे ।

शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘प्रकाश’लाई बलियो ‘वर्ड अफ माउथ’ मिलेको छ । दर्शकसँगै विभिन्न क्षेत्रका व्यक्तिहरुले फिल्म हेरेर प्रशंसा गरिरहेका छन् । यसैक्रममा, पूर्व सञ्चारकर्मी तथा विवेकशिल साझा पार्टीका पूर्वअध्यक्ष रविन्द्र मिश्रले पनि मंगलवार (आज) फिल्म हेरेर फेसबुकमा प्रशंसाको मीठो शब्द कोरेका छन् । उनले फिल्मले आफूलाई रुवाएको बताएका छन् ।

शुक्रवारबाट प्रदर्शनमा आएको अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘राधा’लाई निर्माताहरुले हलबाट उतार्ने निर्णय गरेका छन् । मंगलवार दिउँसो ललितपुरको एक रेस्टुराँमा आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले मल्टीप्लेक्सहरुले प्राइम टाइम र पर्याप्त शो उपलब्ध नगराएका कारण आजकै दिनबाट फिल्मलाई हलबाट उतार्ने घोषणा गर्यो ।

बुसान, ढाका, फ्रिबर्ग लगायत थुप्रै प्रतिष्ठित अन्तर्राष्ट्रिय फेस्टिभलमा छनोट भएर पुरस्कृत समेत भएको सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’को पहिलो गीत सार्वजनिक भएको छ । ‘मेरो गाउँ ज्यामिरे’ बोलको बाल गीतमा रामबाबु सुवेदीको शब्द रचना र रामेश श्रेष्ठको संगीत छ । गीतमा टेम्दो छिरिङ, अङ्गमु लामा र स्वर्णिम स्कुलका विद्यार्थीहरूले स्वर दिएका छन् ।

नेकपा माओवादीबाट राजनीतिक यात्रा थालेकी अभिनेत्री रेखा थापा अहिले राजतन्त्र पूर्नस्थापना र हिन्दू राष्ट्रको मुद्धा बोकेर राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध छिन् । महामन्त्री पदमा पराजित भएपछि केन्द्रिय सदस्यमा मनोनित भएकी उनले आसन्न प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ चुनाव लड्ने तयारी गरेकी छन् । गृहजिल्ला मोरङ क्षेत्र नं. ३ बाट उनी चुनाव लड्ने लगभग निश्चित झैं छ ।

दिनेश राउतले निर्देशकको रुपमा आफूलाई प्रमाणित गरिसकेका छन् । फिल्म ‘आई एम सरी’बाट निर्देशकीय यात्रा सुरु गरेका उनलाई फिल्म ‘नोभेम्बर रेन’ले लभस्टोरी फिल्म निर्देशनमा ठूलो उचाईं दिलायो । उनले फिल्म ‘क्लासिक’बाट पनि आफूप्रतिको विश्वास गिर्न दिएनन् । ‘प्रसाद’बाट निर्देशनमा थप अब्बलता देखाएका उनी निर्देशित नयाँ फिल्म ‘प्रकाश’ यतिबेला प्रदर्शनरत छ ।

