
नेपालको ठूलो मल्टीप्लेक्स च्यानल क्यूएफएक्स र डिजिटल भुक्तानी सेवा प्रदायक खल्ती एपबीच सम्झौता भएको छ । बुधवार ललितपुरको लबिम मलमा आयोजित पत्रकार सम्मेलनमा दुई संस्थाका प्रतिनिधिले सम्झौता पत्रमा हस्ताक्षर गरे । अब क्यूएफएक्स चेनका ११ वटा हलहरुमा नेपाली तथा विदेशी फिल्म हेर्न चाहने दर्शकहरुले खल्ती एपबाट सहज रुपमा टिकट काट्न सक्नेछन् ।

यही शुक्रवार (भदौ १७ गते) बाट प्रदर्शनमा आउन लागेको ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’ले बुधवार साँझ राजधानीको बिग मुभिजमा भएको प्रिमियरमा लोभलाग्दो प्रशंसा कमाएको छ । करीब ४ सय बढी फिल्मकर्मी र अन्य क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको प्रिमियरमा अधिकांशले फिल्मको कथावस्तु, हरेक कलाकारको अभिनय र निर्देशकिय पाटोको वाहवाही गरे ।

आगामी असोज २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दुई नम्बरी’को पहिलो गीत सार्वजनिक भएको छ । ‘झलल आयो तिम्रो याद’ बोलको रोमान्टिक थिमको गीतमा मेलिना राई र जयन जे. वाइवाको स्वर छ भने गायक वाइवाकै शब्द तथा संगीत छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतले अभिनेता सौगात मल्ल र अभिनेत्री उपासना सिंह ठकुरीबीचको प्रेमभाव बोल्छ ।

एक नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा जेल जीवन विताइरहेका चर्चित नायक पल शाहको मुद्धामा जिल्ला अदालत तनहुँले बुधवार (आज) सुनुवाइ गर्ने म्याद तोकेको थियो । तर, उनको मुद्धा हेर्ने न्यायाधीश अनुपस्थित भएपछि सुनुवाइ स्थगित भएको छ । शाहको बलात्कार सम्बन्धि मुद्धा तनहुँ जिल्ला अदालतका न्यायाधीश दलबहादुर केसीको इजलासमा परेको थियो ।

यस वर्ष अष्ट्रेलियामा आयोजना हुन लागेको आईसीसी पुरुष २०-२० विश्वकप क्रिकेटको ट्रफी हेर्न र उचाल्न अभिनेता तथा फिल्म ‘बगान’का निर्देशक सरोज खनाल भक्तपुर पुगेका छन् । बुधवार विश्वकप क्रिकेटको ट्रफी भक्तपुरमा सर्वसाधारणका लागि प्रदर्शन गरिएको थियो । जहाँ खनाल उपस्थित भएका थिए । उनले विश्वकपको ट्रफी नेपाल आउनु अत्यन्त खुसीको कुरा रहेको बताए ।

यही भदौ १८ गते निर्माताहरुको छाता संस्था नेपाल चलचित्र निर्माता संघको पाँच वर्षपछि चुनावी वार्षिक साधारण सभा हुँदैछ । कोरोना महामारीका कारण केही समय पछाडि धकलिएको निर्माता संघको चुनावमा विभिन्न निर्माताहरुले विभिन्न पदमा आकांक्षा राख्दै उम्मेदवारी घोषणा गरिरहेका छन् । केही दिनअघि निर्माता नवल खड्काले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

