Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5371 - 5376 of 24027
फिल्मीखबर, काठमाडौं, 2022-09-02, शुक्रवार
फिल्मीखबर, काठमाडौं, 2022-09-01, बिहिवार

दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘के घर के डेरा’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक तीनवटा पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत र रविन्द्र झा प्रस्तुत छन् । पाँचैजनालाई स्थान दिइएको पोस्टरमा वर्षाबाहेक अरु खुसीले गदगद छन् । विपिन लालपूर्जा देखाएर वर्षालाई खुसी बनाउन खोजिरहेको देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2022-09-01, बिहिवार

निर्माताहरुको छाता संस्था नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का निर्विरोध चयन भएका छन् । महाधिवेशनभन्दा दुई दिन अगाडि बिहीवार तोकिएको उम्मेदवारी मनोनयन प्रक्रियामा अध्यक्ष पदमा नवलको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । ५ वर्षपछि हुन लागेको निर्माता संघको चुनावी साधारण सभा यही भदौ १८ गते शनिवारलाई राखिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-09-01, बिहिवार

जातीय र वर्गीय विभेदको मुद्धालाई समेत उठाएको दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’ले बलियो ‘वर्ड अफ माउथ’को साहरामा सुखद् प्रदर्शन गरिरहेको छ । फिल्मले उठाएको विषयवस्तुले आम मानिसलाई मात्र आकर्षित गरेको छैन, राजनीतिक दलका नेताहरुको समेत ध्यान खिचेको छ । त्यसैले अहिले दिनहुँ विभिन्न पार्टीका प्रभावशाली नेताहरु हल पुगेर फिल्म हेरिरहेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-09-01, बिहिवार

हिन्दी भाषामा डब भएर भारतका हलमा प्रदर्शन हुन लागेको फिल्म ‘प्रेमगीत ३’को ट्रेलर सार्वजनिक भएको छ । आगामी असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको फिल्मको बिहीवार हिन्दी भर्सनको ट्रेलर सार्वजनिक गरिएको हो । १ मिनेट ५८ सेकेन्डको ट्रेलर ‘पावर प्याक्ड’ छ । फिल्मको कथा राजगद्दी र प्रेम-गीत पात्रको वरिपरी घुमेको ट्रेलरले प्रस्ट्याउँछ । 

फिल्मीखबर, काठमाडौं, 2022-09-01, बिहिवार

अभिनेता प्रदीप खड्का विश्वको ठूलो फिल्म बजार मानिने भारतमा आफ्नो उपस्थिति जनाउँदैछन् । उनी अभिनीत फिल्म ‘प्रेमगीत ३’ असोज ७ गतेबाट नेपालसँगै भारतमा एकसाथ प्रदर्शन हुँदैछ । यो फिल्म हिन्दीमा डब भएर भारतमा प्रदर्शन हुन लागेको हो । यसरी यसअघि कुनै नेपाली फिल्म भारतमा रिलिज भएका थिएनन् । यस हिसाबमा ‘प्रेमगीत ३’ले एउटा गर्विलो इतिहास रच्दैछ ।

Results : 5371 - 5376 of 24027
Most Visited News (monthly)