Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5359 - 5364 of 24027
फिल्मीखबर, काठमाडौं, 2022-09-04, आईतवार

७ वर्षपछि निर्देशनमा फर्किएका ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’ शुक्रवारबाट प्रदर्शनरत छ । पहिलो दिन औसत व्यापार गरेको फिल्मले शनिवार देशभरका मल्टीप्लेक्स र सिंगल थिएटरमा हाउसफुल व्यापार गर्‍यो । यसलाई देउजाले आफ्नो कमब्याक सफल भएको महसुस गरेका छन् । ‘वर्ड अफ माउथ’ बलियो भएका कारण फिल्म लामो रेसको घोडा बन्नेमा उनी विश्वस्त छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-09-04, आईतवार

यही भदौ २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’को शनिवार काठमाडौंमा विशेष शो सम्पन्न भएको छ । गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने राइफलम्यान कुलवीर थापाको वास्तविक कथामा आधारित भएर निर्माण भएको फिल्मलाई विशेष शोमा सुखद् प्रतिक्रिया मिलेको छ । शोमा उपस्थिति प्रायः पाहुनाहरुले कथावस्तुको प्रशंसा गरे । 

फिल्मीखबर, काठमाडौं, 2022-09-04, आईतवार

भदौ १० गतेबाट प्रदर्शनमा आएको दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’ले हलमा दर्शकसँगै राजनीतिकर्मीलाई पनि तानिरहेको छ । केही दिनयता विभिन्न राजनीतिक दलका नेताहरुले फिल्म हेरिरहेका छन् । यसैक्रममा, शनिवार माओवादी केन्द्रका नेता तथा शिक्षा तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले पनि फिल्म हेरे । तर, उनले फिल्ममा प्रयोग दृष्य तथा बिम्बप्रति आपत्ति जनाएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-09-04, आईतवार

अभिनेत्री सुप्रिया कटुवाल र निर्देशक तथा निर्माता सुदर्शन थापा आमा-बुबा बन्ने भएका छन् । शुक्रवार साँझ फिल्म ‘सम्हालिन्छ कहिले मन’ हेर्न पुगेको समयमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा सुप्रियाले आफू आमा बन्न लागेको जानकारी दिएकी हुन् । उनले पाँच महिनापछि खुसीको खबर सुन्न पाइने बताइन् । सुप्रिया र सुदर्शनले २०७८ सालको असोज २२ गते विवाह गरेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2022-09-03, शनिवार

जेठमा प्रदर्शनमा आएको फिल्म ‘कबड्डी ४’पछि फिल्म ‘प्रकाश’ले केही हदसम्म दर्शक हलसम्म तान्यो । यसैक्रममा, शुक्रवारबाट प्रदर्शनमा आएका दुई आशातित फिल्म ‘झिँगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ले पनि बक्सअफिसमा सुखद् उपस्थिति जनाएका छन् । शुक्रवार ६०/६५ प्रतिशतको आसपास अकुपेन्सी कायम गरेका दुवै फिल्मले शनिवार भने ८०/९० प्रतिशत अकुपेन्सी पाए ।

फिल्मीखबर, काठमाडौं, 2022-09-03, शनिवार

टिकटक एपले नेपाली फिल्मकर्मीलाई सुखीसँगै दुःख पनि दिइरहेको छ । फिल्मका गीतमाथि टिकटक बन्दा दंग हुने फिल्मकर्मी फिल्मको दृश्य खिचेर टिकटकमा हालिदिँदा भने तनावमा हुने गरेका छन् । ‘म यस्तो गीत गाउँछु २’, ‘ए मेरो हजुर ४’, ‘कबड्डी ४’ जस्ता फिल्मका दृश्य हलमा खिचेर दर्शकहरुले टिकटकमा हालेका थिए । अहिले यसको शिकार फिल्म ‘झिँगेदाउ’ बनेको छ ।

Results : 5359 - 5364 of 24027
Most Visited News (monthly)