
आफ्नो गायकीबाट युवापुस्तामा लोकप्रिय नितेशजंग कुवँरले नायकको रुपमा डेब्यू गर्न करीब २ वर्ष अगाडि फिल्म ‘बाबरी’ साइन गरेका थिए । उनले केही हप्ता फिल्मको वर्कसप पनि गरे । तर, छायांकनमा निस्कने बेला उनले अचानक फिल्मबाट हात झिके र नितेशको ठाउँमा निर्माण टिमले अभिनेता धिरज मगरलाई भित्रायो । जुन फिल्म आगामी असोज १४ गतेबाट प्रदर्शनमा आउँदैछ ।

भूईंमा विछ्याइएको ओछ्यानमा पल्टिएका परिवारका तीन सदस्यको फरक-फरक मनोदशा सार्वजनिक पोस्टरमार्फत् दर्शाइएको छ । दयाहाङ राई गहिरो निन्द्रामा छन् । आयुशी ढकाल आशाको भावले माथितिर हेरिरहेकी छन् । सुरक्षा पन्तलाई निराश मुद्रामा निदाउन नसकेको अवस्थामा चित्रण गरिएको छ । फिल्ममा उनीहरु काठमाडौंमा डेरामा बस्ने पात्रको भूमिकामा रहेको बुझिन्छ ।

५ वर्षको विश्रामपछि अभिनेता राजेश हमाल फिल्म ‘मायाको माया’बाट कमब्याक गर्दैछन् । केही दिनमा यो फिल्मको छायांकन सुरु हुँदैछ । कोरोना महामारीको समयमा उनले अर्को एक फिल्म ‘सत्यम्’ पनि साइन गरेका थिए । तर, विभिन्न कारणले यो फिल्म छायांकनमा निस्किन नसकेपछि उनले गत साउनमा ‘मायाको माया’ साइन गर्दै आफ्नो कमब्याक फिल्मको टुंगो लगाएका हुन् ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली धेरैका मनपर्ने नेता हुन् । फिल्म क्षेत्रमा पनि उनलाई मन पराउने कलाकारहरु धेरै छन् । राष्ट्रियताको सवालमा लिने अडान होस् वा हाँस्यरससहितको तिखो व्यङ्ग्य, यीनै कारणले केपी ओली प्रायः कलाकारको रोजाईमा पर्ने गर्छन् । हाँस्य कलाकारहरुले त आफूहरुको काम केपी ओलीले गरिरहेको बताउने गरेका छन् ।

अभिनेता विजय देवरकोन्डाको बलिउड डेब्यू फिल्म ‘लाइगर’को असफलताले निर्मातालाई ठूलो झट्का दिएको छ । प्रदर्शनपूर्व फिल्मको राम्रो हाइप थियो । विजय पनि फिल्मलाई लिएर कन्फिडेन्ट थिए । तर, ‘डेट एक्सपायर्ड’ कथावस्तुका कारण ‘लाइगर’ बक्सअफिसमा डुब्यो । फिल्म असफल भएपछि विजयले निर्मातालाई पारिश्रमिकको केही प्रतिशत फिर्ता गर्ने घोषणा गरेका छन् ।

भाइटीकाको भोलीपल्ट अर्थात् कात्तिक ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘महापुरुष’ विदेशका विभिन्न देशहरुमा पनि नियमित शोमा प्रदर्शन हुने भएको छ । संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, बेलायत, जापान, युरोप, कोरिया र मध्य पूर्वका देशहरुमा एकसाथ प्रदर्शन हुन लागेको फिल्मको अमेरिका र अस्ट्रेलियाको लागि नियमित शोको लगभग निश्चित भइसकेको छ ।

