Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5341 - 5346 of 24027
एजेन्सी, मुम्बई, 2022-09-07, बुधवार

गत वर्षको सफल फिल्म ‘पुष्पा’पछि अब यसको दोस्रो पार्टको छायांकन सुरु हुँदैछ । ‘पुष्पा २’का लागि निर्माताले अभिनेता अल्लू अर्जुनलाई माटो पारिश्रमिक दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । बलिउड भाष्करका अनुसार, निर्माताले अल्लूलाई १ सय २५ करोड भारु पारिश्रमिक दिएका छन् । योसँगै उनी भारतको तेस्रो सबैभन्दा बढी पारिश्रमिक पाउने अभिनेता बनेका छन् । 

फिल्मीखबर, काठमाडौं, 2022-09-07, बुधवार

विदेशी फिल्मको डरले नेपाली निर्माताको भोक-निन्द्रा उड्छ । हलवालाले विदेशी फिल्मलाई काखी च्याप्ने र दर्शकको पनि पहिलो रोजाईमा पर्ने भएकाले नेपाली निर्माताहरु विदेशी फिल्मसँग भिड्न उत्ति आँट गर्दैनन् । तर, पछिल्लो समय फिल्म बलियो भए कुनै विदेशी फिल्मसँग डराउनु पर्दैन भन्ने मानक स्थापित हुँदैछ । तर, प्रदर्शकहरुको व्यवहारबाट भने निर्माता तर्सिन छाडेका छैनन् ।

फिल्मीखबर, काठमाडौं, 2022-09-07, बुधवार

हरेक प्रकारको चरित्रमा जीवन्त बाँच्ने कलाकार हुन्, दीया मास्के । आफ्नो अभिनयबाट उनले थिएटरमा मात्र होइन, फिल्ममा पनि गजबको वाहवाही बटुलेकी छन् । ‘कागबेनी’, ‘सुनगाभा’, ‘साँघुरो’, ‘दोख’ जस्ता फिल्ममा सम्झनलायक चरित्रमा अभिनय गरेकी दीयाले आफ्नो करिअरमा पहिलो पटक सफलताको महसुस गर्न पाएकी छन् । उनलाई यो खुसी फिल्म ‘प्रकाश’ले दिलाएको हो ।

फिल्मीखबर, काठमाडौं, 2022-09-07, बुधवार

मंगलवार नवलपुर जिल्ला अदालतले अभिनेता पल शाहलाई जबर्जस्ती करणीको मुद्धामा सफाई दिँदै बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिनाको कैद सजाय र २५ हजार रुपैयाँ जरिवानाको फैसला सुनायो । साथै, पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन पनि शाहलाई अदालतले आदेश दिएको छ । अदालतको यस फैसलाविरुद्ध पल पुनरावेदनमा जाने भएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-09-06, मंगलवार

एक नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोग लागेका चर्चित अभिनेता पल शाहलाई नवलपुर जिल्ला अदालतले २ वर्ष ६ महिनाको जेल सजाय सुनाएको छ । मंगलवार यज्ञप्रसाद आचार्यको इजलासले शाहलाई बलात्कारको मुद्दामा सफाइ दिँदै बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिनाको कैद सजाय र २५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो । पीडित र जाहेरवालाले बयान फेरेका कारण पलले जबर्जस्ती करणीको मुद्धामा सफाइ पाएका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2022-09-06, मंगलवार
Results : 5341 - 5346 of 24027
Most Visited News (monthly)