
नेपालका मल्टीप्लेक्स सञ्चालकहरुले नेपाली फिल्ममाथि हिंसा गरिरहेका छन् । उनीहरुले विदेशी फिल्मलाई काखी च्यापेर नेपाली फिल्मको घाँटी निमोठ्दै आएका छन् । भदौ १० मा विदेशी फिल्म ‘लाइगर’का लागि हलवालाले दुई नेपाली फिल्म ‘प्रकाश’ र ‘राधा’ लाई शो बाँडफाँडमा बली चढाउन खोजे । ‘राधा’ त बली नै चढ्यो । यसपटक हलवालाको दादागिरी नयाँ शैलीमा देखिएको छ ।

नेपाल भाषाको फिल्म ‘लाखे आजु’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । इन्द्रजात्राको अवसर पारेर बिहीवार सार्वजनिक गरिएको पोस्टरमा मुकुट लगाएर लाखे नाच नाचिरहेको एक पात्रलाई विशेष प्राथमिकता दिइएको छ भने फिल्मका मुख्य अभिनेता सोहित मानन्धर र अभिनेत्री अशिष्मा नकर्मी प्रधान पनि फिचर्ड छन् । उनीहरु नेवारी पहिरानमा प्रेमिल मुद्रामा देखिएका छन् ।

एक समयका सफल निर्देशक ज्ञानेन्द्र देउजाको कमब्याक फिल्म ‘झिँगेदाउ’ले घरेलू बक्सअफिसमा सुखद् व्यापार गरिरहेको छ । बलियो ‘वर्ड अफ माउथ’ मिलेको फिल्मले ‘अफ डे’मा पनि दर्शकको अभाव झेल्नु परेको छैन । राजधानीसहित देशभर फिल्मको दिनहुँ ६० प्रतिशतभन्दा माथि अकुपेन्सी छ । यो फिल्म हेर्न युवापुस्ताभन्दा परिवारसहित हल पुग्ने दर्शकहरु धेरै देखिएका छन् ।

यस वर्ष बक्सअफिसमा आँधी ल्याउन सक्ने फिल्मको रुपमा विश्लेषण गरिएको ‘प्रेमगीत ३’ आगामी असोज ७ गतेबाट प्रदर्शनमा आउँदैछ । यही मितिमा भारतका हलमा पनि फिल्मको हिन्दी डब रिलिज हुँदैछ । फिल्मको नेपाली र हिन्दी भर्सनमा टिजर, ट्रेलर र गीतहरु रिलिज भइसकेका छन् । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले दुवै देशमा प्रचार अभियानलाई तिव्रता दिएको छ ।

असोज २८ गतेबाट प्रदर्शन हुन लागेको साकार पन्तको डेब्यू निर्देशित फिल्म ‘हिजो आजका कुरा’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको २ मिनेट ४५ सेकेन्डको ट्रेलरमा अमेरिका मोहले घर-परिवारमा पारेको असरलाई देखाइएको छ । ट्रेलर हेर्दा पारिवारिक कथा रुचाउने दर्शकलाई फिल्मले आकर्षित गर्न सक्ने छनक देखिन्छ ।

विजया दशमीको अवसर पारेर आगामी असोज १४ गतेबाट प्रदर्शनमा आउन लागेको सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘बाबरी’को अष्ट्रेलिया प्रदर्शन अधिकार विक्री भएको छ । मेभन कन्सल्टिङ ग्रुपका अनिल त्वनाबासु र विक्की श्रेष्ठले महंगो रकममा फिल्मको राइट्स किनेका हुन् । केही दिनअघि फिल्म निर्माण कम्पनी बाबरी फिल्म्स र मवेन इन्टरटेनमेन्टबीच कागजी सम्झौता भएको हो ।

