
गत जेठमा प्रदर्शनमा आएको फिल्म ‘कबड्डी ४’पछि करीब तीन महिना नेपाली फिल्मको व्यापार उदेकलाग्दो रह्यो । धेरै आशातित फिल्महरु टाँट पल्टिए । जसले गर्दा दर्शकले कस्तो खाले फिल्म खोजिरहेका छन् भन्ने अन्योलता छाएको थियो । तर, भदौ १० मा प्रदर्शन भएको फिल्म ‘प्रकाश’ले धेरथोर हलमा दर्शक तान्यो । यो फिल्मको व्यापारले फिल्म क्षेत्रलाई केही हदसम्म राहत दियो ।

समुन्द्र भट्टको निर्देशनमा बन्न लागेको फिल्म ‘गुलाबी’को शुभ साइत गरिएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका धम्पुसस्थित सीता बराह मन्दिरमा शुक्रबार क्यामेरा र स्क्रिप्ट पूजा गर्दै फिल्मको मुहूर्त गरिएको हो । फिल्मको छायांकन भदौ अन्तिम साताबाट औपचारिक रुपमा सुरु हुने निर्देशक भट्टले जानकारी दिएकी छन् । छायांकनअघि धम्पुसमा केही दिन फिल्मको वर्कसप हुनेछ ।

अयान मुखर्जी निर्देशित फिल्म ‘ब्रम्हास्त्र’ले बक्सअफिसमा गजब सुरुवात गरेको छ । प्रदर्शनको पहिलो दिन ३६ करोड कमाउँदै यस वर्षकै सबैभन्दा ठूलो ओपनिङ गर्ने बलिउड फिल्म बनेको छ । पहिलो दिन फिल्मले ३२ करोडसम्म कमाउने अनुमान ट्रेड एनालिस्टहरुको थियो । समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको यो फिल्मले एड्भान्स बुकिङबाटै १९ करोड बढी कमाएको थियो ।

नेपाली समाजमा एउटा प्रचलित उखान छ, ‘नपत्याउने खोलाले बगाउँछ ।’ यो उखान फिल्म ‘झिँगेदाउ’को हकमा यथार्थमा परिणत भएको छ । प्रदर्शनपूर्व सम्भवतः फिल्मको टिमबाहेक अरुले खासै ठूलो अपेक्षा राखेका थिएनन् । मुश्किलले हप्ता दिन हलमा टिक्न सक्ने आँकलन गरिएको थियो । तर, यतिबेला यो फिल्मले घरेलु बक्सअफिसमा नसोचेको व्यापारिक अंक जोडिरहेको छ ।

नेपाल चलचित्र संघले भदौ २७ गते सोमबार हल बन्द गर्ने निर्णय स्थगित गरेको छ । शुक्रवार संघको कार्यालयमा चलचित्र निर्माता संघका पदाधिकारीसँग छलफलपछि संघले हल बन्द गर्ने निर्णय तत्कालका लागि फिर्ता लिएको हो । निर्माता संघले विदेशी फिल्म पनि शुक्रवार मात्र प्रदर्शन गर्नुपर्ने निर्णय गरेपछि चलचित्र संघले आन्दोलनको संकेत स्वरुप हल बन्द गर्ने निर्णय गरेको थियो ।

भारतका चर्चित पार्श्व गायक राहत फतेह अली खानको स्वरमा रहेको नेपाली फिल्म ‘प्रेमगीत ३’को नयाँ हिन्दी गीत रिलिज भएको छ । ‘जहान भी जाओ’ बोलको रोमान्टिक थिमको गीतमा डीएच हार्मोनीको कम्पोज र हरी शंकर सुफीको शब्द रचना रहेको छ । गायक खानको स्वरले मन्त्रमुग्ध बनाउँछ । गीतको भिडियोमा अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङ फिचर्ड छन् ।

