
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि विभिन्न राजनीतिक दलबाट फिल्मकर्मीहरु पनि उम्मेदवार बन्न दौडधुप गरिरहेका छन् । कसैको नाम प्रदेश सभा सदस्यमा त कसैको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस भएको छ । चर्चित अभिनेत्री रेखा थापा भने मोरङ क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ प्रतिनिधि सभाको सदस्यमा उठ्ने निश्चित नै भइसकेको छ ।

आगामी कात्तिक १८ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘मिलन’को टिजर सार्वजनिक भएको छ । बिहीवार ‘टाकुरा फिल्मस्’को युट्युब च्यानलबाट सार्वजनिक १ मिनेट २८ सेकेन्डको टिजरमा प्रेम र विछोडको पाटोलाई प्रस्तुत गरिएको छ । टिजरमा फिल्मका मुख्य अभिनेताद्वय कुशल शाह ठकुरी, सलोन बस्नेत र अभिनेत्री शिल्पा थापाको प्रेममा आउने उतार-चढावलाई देखाइएको छ ।

केही दिनअघि राजधानीमा आयोजित प्रिमियरमा वाहवाही बटुलेको सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ शुक्रवार (आज) बाट प्रदर्शनमा आएको छ । तर, यो फिल्म मल्टीप्लेक्सहरुमा बलिउडको मल्टीस्टारर फिल्म ‘ब्रहास्त्र’को चेपुवामा परेको छ । अधिकांश मल्टीप्लेक्सहरुले ‘ब्रहास्त्र’लाई काखी च्यापेर निर्देशक बिडारीको फिल्मलाई झारो टार्नका लागि मात्र शो दिएका छन् ।

भदौ महिनामा नेपाली फिल्म प्रदर्शनको बाढी नै देखिएको छ । हरेक हप्ता हलमा नयाँ फिल्म टुटेका मात्र छैनन्, एकभन्दा बढी फिल्म प्रदर्शनमा आइरहेका छन् । यसैक्रममा, यो हप्ताको शुक्रवार अर्थात् आजबाट थप दुई नयाँ फिल्म ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ देशव्यापी प्रदर्शन उत्रिएका छन् । दुवै फिल्म फरक विषयवस्तु र फरक शैलीमा निर्माण भएका छन् ।

तिहारको अवसर पारेर कात्तिक ४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘नालापानी’को ओएसटी भिडियो रिलिज गरिएको छ । ओएसटी अडियोमा सुजिल कर्माचार्यको शब्द, स्वर तथा संगीत रहेको छ । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर यो फिल्म निर्माण भएको हो ।

हल व्यवसायी र वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघले सोमवार देशभरका सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । बिहीवार बसेको संघको कार्यसमिति बैठकले आन्दोलनको संकेत स्वरुप भदौ २७ गते एक दिनका लागि हल बन्द गर्ने निर्णय गरेको हो । संघले विज्ञप्ति जारी गर्दै प्रदर्शकहरु छलफलमा रहेकाले शुक्रवारबाट प्रदर्शन हुने फिल्मको बुकिङ नखोलेको पनि स्पष्ट पारेको छ ।

