
यस वर्षको सर्वाधिक प्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’ बडा दशैंको अवसर पारेर असोज ७ गतेबाट प्रदर्शनमा आउँदैछ । यही मितिमा यो फिल्मको हिन्दी डब भारतमा लाग्दैछ । दुवै भाषामा फिल्मको गीतदेखि ट्रेलरसम्म सार्वजनिक भइसकेका छन् । तर, दर्शकमा फिल्मको नेपालीभन्दा हिन्दी डबको पखाई बढी छ । अब यो फिल्मको हिन्दी भर्सन असोज ७ मै नेपालमा पनि लाग्ने भएको छ ।

तीन वर्ष लामो प्रेम सम्बन्धलाई अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारीले यस वर्षको असारमा विवाहमा परिणत गरे । एकातिर विवाहको तयारी चलिरहँदा अर्कोतिर उनीहरुले फिल्म ‘ह्रस्व दीर्घ’को तयारी पनि एकसाथ गरिरहेका थिए । बिहेको केही दिन अगाडि यो जोडीले फिल्मको शुभ साइत समेत गर्यो । फिल्ममा उनीहरुको निर्माणसँगै मुख्य भूमिका रहनेछ ।

विदेशी फिल्मबाट कथादेखि सिनसम्म चोरचार गरेर नेपाली फिल्म बन्न अझै छाडेका छैनन् । पोस्टर समेत विदेशी फिल्मबाट कपी गरिन्छ । त्यसैले पनि नेपाली फिल्मले वर्षौंदेखि चोरीको आरोप खेप्दै आएको छ । मेकरले मात्र होइन कलाकारहरुले समेत विदेशी कलाकारको अभिनय शैली र स्टाइल पछ्याउने गरेका हुन्छन् । तर, नक्कल गर्न पनि अक्कल नजानेपछि आलोचित बन्ने गर्छन् ।

अघिल्लो पुस्ताकी अभिनेत्री गौरी मल्ललाई ‘क्विन अफ एक्टिङ अवार्ड’ र युवापुस्ताकी अभिनेत्री स्वस्तिमा खड्कालाई ‘पपुलर सिने स्टार अवार्ड’ प्रदान गरिएको छ । शनिवार हिमालयन मुभिज प्रोडक्सन हाउसले आयोजना गरेको ‘नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड’मा उनीहरुले उक्त अवार्ड प्राप्त गरेका हुन् । त्यस्तै, अभिनेता सरोज खनाललाई ‘एक्टिङ स्टार’को अवार्ड प्रदान गरियो ।

पहिलो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’बाटै राम्रो स्टारडम बनाएका अभिनेता धिरज मगर ४ वर्षपछि फिल्म ‘बाबरी’बाट आफ्नो काम दर्शकलाई देखाउँदैछन् । आगामी असोज १४ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मलाई धिरजको स्टारडमले इनिसियल व्यापारमा फाइदा पुग्ने विश्लेषण गरिएको छ । तर, उनलाई न स्टारडममा कुनै विश्वास लाग्छ न आफ्नो स्टारडम छ भन्ने लाग्छ ।

प्रदर्शकहरुले नेपाली फिल्मलाई ‘अफ टाइमिङ’मा शो दिने गरेकोप्रति अभिनेत्री स्वस्तिमा खड्काले चित्त दुखाएकी छन् । नेपाली फिल्मका लागि शो भिख मागे जसरी माग्नुपर्ने र शोको टाइमिङ पनि कुबेला दिने हलवालाको व्यवहारले चित्त दुख्ने गरेको उनको भनाई छ । विदेशी फिल्मलाई ‘अफ टाइमिङ’ दिएर नेपाली फिल्मलाई राम्रो टाइमिङको शो उपलब्ध गराउन उनको आग्रह छ ।

