Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5311 - 5316 of 24027
फिल्मीखबर, काठमाडौं, 2022-09-13, मंगलवार

नेपाली फिल्मले वर्षौंदेखि प्रदर्शनको समयमा प्रदर्शकबाट सौतेनी व्यवहारको सामना गर्दै आएको छ । विदेशी फिल्मका कारण नेपाली फिल्मले हल र शो नै नपाउने समस्या हरेक हप्ता देखिने गरेको छ । हल र शो बाँडफाँडमा वितरक र प्रदर्शकको एकलौटी मनोमानी हुने भएकाले चलचित्र विकास बोर्ड पनि मुखदर्शक बन्न बाध्य छ । किनकि, नीति-नियमले बोर्डको हात बाँधिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-09-13, मंगलवार

नेपाली फिल्मकी ‘जुनियर’ नम्रता श्रेष्ठले फिल्म ‘गाँठो’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । यसको लामो समयपछि उनले फिल्म ‘माछा माछा’बाट कमब्याक गरिन् । तर, दुर्भाग्य ! दुवै फिल्म सफलताबाट बञ्चित भए । नम्रता फिल्मभन्दा अभिनेता नाजिर हुसेनसँगको सम्बन्धका कारण बढी चर्चामा रहने गरेकी छन् । लकडाउनको समयमा उनीहरुबीच अफेयरको चर्चा चलेको थियो ।

फिल्मीखबर, काठमाण्डौ, 2022-09-13, मंगलवार

फिल्मको व्यापारमा प्रचार-प्रसारको भूमिका विशेष रहन्छ । विना प्रचार प्रदर्शनमा आएका र बलियो प्रचारसहित प्रदर्शन भएका फिल्मको व्यापारमा ठूलो अन्तर हुने गर्छ । त्यसैले पनि फिल्म निर्माण गरेपछि प्रदर्शनको समयमा प्रचार अनिवार्य हो । फिल्मलाई दर्शकसम्म पुर्‍याउन प्रभावकारी प्रचारको आवश्यता पर्ने भएकाले यसका लागि निर्माताहरुले विभिन्न उपाय अपनाउने गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2022-09-13, मंगलवार

भारतीय र नेपाली निर्माताले संयुक्त रुपमा निर्माण गर्न लागेको फिल्म ‘सायरा’को औपचारिक रुपमा निर्माण घोषणा गरिएको छ । मंगलवार होटल र्‍याडिसनमा एक कार्यक्रमका बीच घोषणा गरिएको फिल्मलाई बलिउड निर्देशक विशाल देसाईले निर्देशन गर्नेछन् । सम्भवतः दशैंपछि छायांकन सुरु हुने फिल्मको ९० प्रतिशत अष्ट्रेलिया र १० प्रतिशत नेपालमा छायांकन हुने जानकारी गराइयो । 

एजेन्सी, मुम्बई, 2022-09-12, सोमवार

निर्देशक मणि रत्नमको फिल्म ‘पोन्नियिन सेल्भन’को फर्स्टलुक पोस्टर सार्वजनिक भएदेखि नै फिल्मलाई लिएर दर्शकमा प्रतिक्षासँगै उत्सुकता अत्याधिक छ । ट्रेलर रिलिज भएपछि फिल्मको चर्चा मात्र चुलिएको छैन, सानदार भिजुअलले प्रशंसा बटुलिरहेको छ । यसलाई तमिलको ठूलो बजेटमा बनेको फिल्म भनिएको छ । भारतीय मिडियाका अनुसार, यो फिल्म ५ सय करोडमा बनेको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2022-09-12, सोमवार

प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिँदै गरेपछि विभिन्न पार्टीसँग आबद्ध फिल्मकर्मीहरु पनि उम्मेदवार बन्न कसिएका छन् । कोही प्रतिनिधि सभा त कोही प्रदेश सभा सदस्यमा उठ्ने तयारीमा छन् । यसैक्रममा, फिल्म निर्माता तथा वितरक करण श्रेष्ठको नाम प्रदेश सभा सदस्यमा सिफारिस भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट करणको नाम सिफारिस भएको हो ।

Results : 5311 - 5316 of 24027
Most Visited News (monthly)