Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5191 - 5196 of 23535
फिल्मीखबर, काठमाडौं, २०७९ आषाढ १७, बिहिवार

साउथ फिल्मको दबदबा बढेसँगै घरेलू बजारमै बलिउड फिल्महरु टाँट पल्टिन थालेका छन् । साउथको ‘पुष्पा’, ‘आरआरआर’ र ‘केजीएफ २’पछि प्रदर्शनमा आएका ‘भूल भूलैयाँ २’ बाहेक ठूला स्टारका कयौं आशातित बलिउड फिल्मले लगानी समेत उठाउन सकेनन् । यसैक्रममा, बलिउडको अर्को ठूलो फिल्म ‘जुग जुग जियो’ पनि बक्सअफिसमा डुब्ने लगभग निश्चित झैं देखिएको छ । 

फिल्मीखबर, काठमाडौं, २०७९ आषाढ १७, बिहिवार

एक समय नेपाली फिल्ममा आफूलाई बलियो रुपमा उभ्याएकी अरुणिमा लम्सालको करिअरको सबैभन्दा सफल फिल्ममध्ये पर्छ, ‘धड्कन’ । नरेश पौडेलको निर्माण तथा निर्देशनमा तयार भएको यो फिल्मले अरुणिमाको करिअरलाई नयाँ उचाईं दिलाएको थियो । फिल्ममा उनको जोडी अभिनेता निखिल उप्रेतीसँग बाँधिएको थियो भने रेखा थापा र रमित ढुंगाना पनि मुख्य भूमिकामा थिए ।

फिल्मीखबर, काठमाडौं, २०७९ आषाढ १६, बुधवार

जारी प्रथामाथि आधारित भएर निर्माण भएको फिल्म ‘बुलाकी’को प्रदर्शन मिति तोकिएको छ । असार १५ अर्थात् रोपाई दिवसको अवसर पारेर बुधवार एक पोस्टर सार्वजनिक गर्दै आगामी कात्तिक १८ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । सार्वजनिक पोस्टरमा फिल्मका प्रमुख तीन पात्रहरु सुरक्षा पन्त, नरेन खड्का र विराज विष्टलाई कर्णाली लुक्समा देख्न सकिन्छ ।

फिल्मीखबर, काठमाडौं, २०७९ आषाढ १६, बुधवार

पुराना निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्म ‘झिँगेदाउ’को टाइटल टिजर सार्वजनिक गरिएको छ । असार १५ दही चिउरा खाने दिनको अवसर पारेर सार्वजनिक गरिएको टिजरबाट फिल्मको कथासार बुझाउन खोजिएको छ । ३० सेकेन्डको टिजरमा सिक्कामाथि झिँगा र पृष्ठभूमिमा फिल्मकी मुख्य अभिनेत्री केकी अधिकारीले खुशी स्वरमा ‘मार्रा’ भनेको सुन्न सकिन्छ ।

फिल्मीखबर, काठमाडौं, २०७९ आषाढ १६, बुधवार

साइन गरेको फिल्म छाड्ने मामलामा सबैभन्दा अगाडि देखिएका अनमोल केसीले गत बैशाखमा फिल्म ‘हनी बनी’ छाडेपछि नयाँ फिल्म साइन गरेका थिएनन् । छोरा खाली भएपछि भुवन केसी फिल्म ‘पारस’ बनाउन कस्सिए । तर, अनमोलले फेरि एकपटक घरको फिल्मलाई थाती राख्दै बाहिरी ब्यानरको एक नयाँ फिल्म साइन गरेका छन् । उनले फिल्म ‘छड्के २’ साइन गरेका हुन् ।

फिल्मीखबर, काठमाडौं, २०७९ आषाढ १६, बुधवार

अभिनेत्री नीता ढुंगानाले प्रेमी हरिहर अधिकारीसँग मिलेर निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’मा साउथका कलाकारहरुको ठूलो समुह हुने भएको छ । ‘पुष्पा’ भिलेन सुनिल वर्मा, ‘गजनी’ भिलेन प्रदीपराज रावत र साउथका चर्चित कमेडी कलाकार अलीलाई फिल्ममा अनुबन्ध गराएपछि निर्माण टिमले मंगलवार साउथका अर्का विश्व प्रख्यात कलाकार ब्रह्मानन्दमसँग सम्झौता गरेको छ ।

Results : 5191 - 5196 of 23535