Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5173 - 5178 of 23535
फिल्मीखबर, काठमाडौं, २०७९ आषाढ २१, सोमवार

‘लभ बर्डस्’ नीता ढुंगाना र हरिहर अधिकारीले करीब ३ वर्ष लामो प्रेम सम्बन्धलाई यही असार २४ गते विवाहमा परिणत गर्दैछन् । यतिबेला उनीहरु विवाहको तयारीमा जुटेका छन् । यसैबीच, यो जोडीले विवाहभन्दा अगाडि फिल्म ‘ह्रस्व दीर्घ’को शुभसाइत गरेको छ । ‘नीता फिल्मस्’को ब्यानरमा निर्माण हुन लागेको फिल्मको आइतबार भक्तपुरको सुर्यविनायक मन्दिरमा मुहूर्त गरिएको हो ।

फिल्मीखबर, काठमाडौं, २०७९ आषाढ २०, आईतवार

विश्वको ठूलो फिल्म उद्योग मानिने फ्रान्सको एक फिल्म नेपालमा खिचिने भएको छ । ‘दिग्बी’ नामको फ्रान्सेली फिल्म नेपालमा छायांकन हुन लागेको हो । लोकेशन खोज्ने शिलशिलामा नेपाल आइपुगेको निर्देशक एलन सिमोनसहितको टोलीले आइतवार काठमाडौंको एक पाँचतारे होटलमा पत्रकार सम्मेलनको आयोजना गर्दै फ्रान्सेली भाषामा बन्ने फिल्मको बारेमा जानकारी गरायो । 

फिल्मीखबर, काठमाडौं, २०७९ आषाढ २०, आईतवार

फिल्मप्रति युवापुस्ताको आकर्षण बढ्न थालेसँगै संघीय राजधानी काठमाडौंमा केन्द्रित भएर फिल्मका विभिन्न विधामा अध्यापन गराउने उद्देश्यसहित फिल्म कलेज खुल्ने क्रम बढेको छ । यसैक्रममा, चावहिलमा ठूलो लगानीमा नेशनल फिल्म एण्ड टिभी स्कूल खुलेको छ । शनिवार अभिनेता राजेश हमाल र फिल्ममा डेब्यू गर्ने तयारीमा रहेकी मोडल नीति शाहले स्कूलको उद्घाटन गरे ।

फिल्मीखबर, काठमाडौं, २०७९ आषाढ २०, आईतवार

आगामी कात्तिक ४ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै दुई हप्ता अगाडि मल्टीस्टारर फिल्म ‘२ नम्बरी’को दुई पोस्टर सार्वजनिक गरिएको थियो । पोस्टरमा फिल्मका मुख्य दुई अभिनेता दयाहाङ राई र सौगात मल्ल भिन्न गेटअपमा प्रस्तुत थिए । भातको एक सिता छामेपछि भातको अवस्था थाहा हुन्छ भने झैं ‘२ नम्बरी’लाई पनि पोस्टरकै भरमा आशातित फिल्मको रुपमा हेरिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०७९ आषाढ २०, आईतवार

बोल्ने मामलामा राजनीतिज्ञ र अभिनेत्री पूजा शर्मामा खासै भिन्नता छैन । न उनीहरु सोच-विचार गरेर आफ्नो अभिव्यक्ति राख्छन् न बोलीमा अडिग नै रहन्छन् । पूजा शर्माले पटक-पटक मिडियामा विवाहपछि फिल्मबाट टाढा रहने बताउँदै आएकी थिइन् । तर, फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको समयमा भावुक भएर दर्शकहरुको मायाका लागि अब इन्डस्ट्री नछाड्ने घोषणा गरिन् । 

फिल्मीखबर, काठमाडौं, २०७९ आषाढ २०, आईतवार

२०७६ सालको कात्तिकमा विरगञ्जमा भएको ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’मा सहभागी हुने क्रममा अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारीबीच देखिएको निकटता र एकअर्काप्रतिको केयरिङले उनीहरुको प्रेम चर्चा सुरु भएको थियो । त्यसयता उनीहरु प्रेममा रहेको विषय मिडियाको ‘हेडलाइन’ बनिरहे पनि यो जोडीले कहिल्यै प्रेम सम्बन्ध स्वीकार गरेन ।

Results : 5173 - 5178 of 23535