
नेपालका चकलेटी हिरोहरुमाथि लाग्ने गरेको एउटा आरोप छ, ‘उनीहरु अभिनय सुधार गर्न मिहिनेत नै गर्दैनन् । मात्र गोरो अनुहार बेचेर करिअर बचाइरहेका छन् ।’ हुन पनि, केही वर्षयता नेपाली फिल्ममा आफ्नो बलियो पकड बनाएका चकलेटी हिरोहरुको अभिनय हेर्दा नाक खुम्च्याउनु पर्ने अवस्था छ । हरेक फिल्ममा न अभिनयमा भिन्नता छ न चरित्रमा फरकपन दिन सकेका छैनन् ।

अभिनेत्री आलिया भट्ट र अभिनेता रणबीर कपूर आमा-बुबा बन्ने भएका छन् । विवाह गरेको दुई महिनामा आलियाले आफू आमा बन्न लागेको जानकारी दिएकी हुन् । सोमवार अस्पतालमा भिडियो एक्स-रे गरेको एक तस्विर इन्स्टाग्राममा पोस्ट गर्दै उनले लेखेकी छन्, ‘हाम्रो बच्चा चाँडै आउँदैछ ।’ तस्विरमा उनको साथमा रणबीर कपूर पनि देखिएका छन् । यतिबेला उनीहरु लण्डनमा छन् ।

लिम्बु भाषा र संस्कृतिमा आधारित भएर निर्माण भएको फिल्म ‘रीत’को छायांकन सकिएको छ । शनिवार देशको संघीय राजधानी काठमाडौंमा फिल्मको अन्तिम दृश्य कैद गरियो । दिनेश लिङ्देनको पटकथा, संवाद र निर्देशन रहेको फिल्ममा लिम्बु जातिको विवाहमा हुने संस्कारलाई देखाइएको छ । फिल्मलाई काठमाडौंसँगै ताप्लेजुङको सिनाम, पाँचथर र इलाममा खिचिएको हो ।

‘जात्रा’, ‘शुत्रे गते’ र ‘जात्रै जात्रा’ गरी तीन ब्लकबस्टर फिल्म दिएर ह्याट्रिक गरेका प्रदीप भट्टराई यतिबेला मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई लिएर फिल्म ‘महापुरुष’को निर्देशन गरिरहेका छन् । यसपछि उनले पहिलो पटक पुस्तकमाथि निर्माण हुन लागेको फिल्मको निर्देशन गर्ने भएका छन् । नयनराज पाण्डेद्वारा लिखित उपन्यास ‘लू’माथि बन्ने फिल्मको निर्देशकमा उनी भित्रिएका हुन् ।

एउटै फिल्ममा काम गरेपछि कलाकारबीच प्रेम सम्बन्धको चर्चा चल्नु अनौठो होइन । कतिले फिल्मको चर्चाका लागि प्रेमको हल्ला फिजाउने गरेका छन् भने कति वास्तवमै प्रेम सम्बन्धमा डुबेका हुन्छन् । सुटिङ सेटमा प्रेम अंकुराएर केही फिल्मी जोडी विवाह बन्धनमा समेत बाँधिसकेका छन् । यतिबेला फिल्मी बजारमा अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्री प्रेममा रहेको चर्चा छ ।

निर्देशक विकासराज आचार्य कोरोना महामारीभन्दा अगावैदेखि फिल्म ‘नाइँ नभन्नू ल ६’को तयारीमा जुटेका थिए । उनले लेखक सामिप्यराज तिमल्सिनासँग बसेर फिल्मको स्क्रिप्ट पनि ‘लक’ गरिसकेका छन् । फिल्मका लागि अभिनेत्री आँचल शर्मा र उनको अपोजिटमा नव-नायक आर्शिवाद क्षेत्रीलाई फाइनल गरिएको छ । तर, विभिन्न कारणले फिल्म छायांकनमा जान सकेको छैन ।

