Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5197 - 5202 of 23535
फिल्मीखबर, काठमाडौं, २०७९ आषाढ १६, बुधवार

नेपाल उद्योग बाणिज्य महासंघले फिल्मका निर्माताहरुलाई प्रोजेक्ट कर्जा दिन सरकारसँग माग गरेको छ । मंगलवार महासंघको चलचित्र तथा मनोरञ्जन फोरम र चलचित्र निर्माता संघको आयोजनामा भएको ‘चलचित्रको गीत-संगीतको सरोकार, कानुन र करको अधिकार’ कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले फिल्मलाई ५० प्रतिशत प्रोजेक्ट कर्जा दिनुपर्ने बताएका हुन् ।

फिल्मीखबर, काठमाडौं, २०७९ आषाढ १६, बुधवार

फिल्ममा आफ्नो करिअर धरमर हुन थालेपछि अमेरिका भाँसिने कलाकारहरुको सूचिमा अभिनेत्री अरुणिमा लम्साल पनि पर्छिन् । आफ्नो नाममा फिल्म विक्न छोडेपछि उनी सन् २०१५ तिर ग्रिनकार्ड बोकेर परिवारको साथमा अमेरिका उडेकी थिइन् । अमेरिका पुगेको केही वर्षमा उनले श्रीमानबाट अलग बस्ने निर्णय गरिन् । अहिले उनी एक छोरीको साथमा अमेरिकामा बस्दै आएकी छन् ।

फिल्मीखबर, काठमाडौं, २०७९ आषाढ १५, मंगलवार

‘लभ कपल’ नीता ढुंगाना र हरिहर अधिकारीले मिलेर निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’मा श्रृंखलाबद्ध रुपमा साउथका चर्चित कलाकारहरु भित्रिरहेका छन् । ‘पुष्पा’का भिलेन सुनिल वर्मा, ‘गजनी’का भिलेन प्रदीपराज रावत र साउथका चर्चित कमेडी कलाकार अली अनुबन्ध भइसकेको यस फिल्ममा साउथका अर्का विश्व प्रख्यात कलाकार ब्रह्मानन्दमको पनि प्रवेश भएको छ ।

फिल्मीखबर, काठमाडौं, २०७९ आषाढ १५, मंगलवार

सामाजिक विषयवस्तुमा मनछुने फिल्म बनाउने निर्देशकको रुपमा चिनिएका दीपेन्द्र के. खनालले आफ्नो नयाँ फिल्म ‘के घर के डेरा’को छायांकन सकाएका छन् । जेठ २ गतेबाट छायांकनमा निस्किएको फिल्मको ३३औं दिनमा मंगलवार इन्डक्ल्याप भएको निर्देशक खनालले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । फिल्मको सम्पूर्ण छायांकन काठमाडौं भ्यालीभित्रै भएको हो ।

फिल्मीखबर, काठमाडौं, २०७९ आषाढ १५, मंगलवार

नेपाली रंगमञ्चको एउटा बलियो पिल्लर हुन्, अनुप बराल । पछिल्लो समय रंगमञ्चप्रति आकर्षण बढ्नुमा उनको ठूलो योगदान मानिन्छ । नाटकमा आफूलाई निर्देशक र कलाकारको रुपमा अब्बल प्रमाणित गरेका उनले फिल्ममा पनि यी दुवै विधामा हात हालेका छन् । ‘फिटकिरी’बाट फिल्म निर्देशनमा होमिएका उनी निर्देशित नयाँ फिल्म ‘दोख’ असार २४ गतेबाट प्रदर्शन हुँदैछ ।

फिल्मीखबर, काठमाडौं, २०७९ आषाढ १५, मंगलवार

कोरोना महामारीपछि फिल्ममा आफूलाई सीमित राखेका कलाकारहरुले वैकल्पिक पेशाको रुपमा विभिन्न व्यवसाय सुरु गरिरहेका छन् । यसैक्रममा, बोल्ड अभिनेत्री परमिता राज्यलक्ष्मी राणाले पनि अनलाइन व्यवसायमा हात हालेकी छन् । उनले मंगलवारबाट आफ्नो अनलाइन दोकान खोलेकी हुन् । उनले अनलाइनबाट सामान विक्री गरिने व्यवसायको नाम ‘पाम्स् थ्रिफ्ट’ राखेकी छन् ।

Results : 5197 - 5202 of 23535