Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5203 - 5208 of 24028
फिल्मीखबर, काठमाडौं, 2022-10-12, बुधवार

अभिनेता भुवन केसी र अभिनेत्री जीया केसीको सम्बन्ध न परिवार न त मिडियाबाट नै लुकेको छ । उनीहरु लामो समयदेखि एउटै घरको छतमुनी बस्दै आएका छन् । तर, उनीहरुको विवाह भने भएको छैन । कुनै समय नेपाली फिल्ममा बोल्ड सिन दिएर चर्चामा आएकी जीया भुवन केसीसँग नजिक भएपछि फिल्मबाट टाढा भइन् । त्यसयता उनले भुवन र उनको घर सम्हाल्दै आएकी छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-10-11, मंगलवार

झरना थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘भागवत् गीता’ निर्माण नहुँदै विवादमा परेको छ । फिल्मको नामलाई लिएर एक हिन्दूवादी संस्थाले चलचित्र विकास बोर्डमा उजुरी हालेको छ । बुधवार हिन्दू जागरण नेपालले बोर्ड अध्यक्ष भुवन केसीलाई कार्यकक्षमै भेट गरेर बुझाएको उजुरी पत्रमा अन्तरजातीय प्रेमकथामा श्रीमद् भागवत् गीता जस्तो पवित्र नाममाथि फिल्म निर्माण हुन लाग्नु दुष्कृत्य (अनुचित कार्य) रहेको भनिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-10-11, मंगलवार

२०७६ सालमा प्रदर्शित शिशिर राणाद्वारा निर्देशित फिल्म ‘पोइ पर्‍यो काले’को नेम सिक्वेल ‘पोइ पर्‍यो बुढो’ निर्माण हुने भएको छ । किरण नेपालीले निर्माण गर्ने फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्नेछन् । प्रदर्शनरत फिल्म ‘दुई नम्बरी’पछि नेपाली र लामाबीच जुगलबन्दी भएको हो । यतिबेला फिल्मको स्क्रिप्ट लेखनको काम भइरहेको र फागुनपछि सुटिङ थालिने निर्देशक लामाले बताए ।

फिल्मीखबर, काठमाडौं, 2022-10-11, मंगलवार

बुधवारबाट भारतका प्रख्यात अभिनेता अमिताभ बच्चन ८० वर्षका भएका छन् । फिल्म ‘सात हिन्दुस्तानी’बाट आफ्नो करिअरको सुरुवात गरेका उनको पछिल्लो रिलिज फिल्म ‘ब्रहास्त्र’ हो । जीवनको ८औं दशकमा पनि उनी अभिनयमा उतिक्कै सक्रिय छन् । उनलाई बलिउडमा ‘महानायक’ उपाधिले सम्बोधन गर्ने गरिन्छ । १५० वर्षको बलिउड इतिहासमा ५० वर्ष अमिताभ एक्लैको छ । 

फिल्मीखबर, काठमाडौं, 2022-10-11, मंगलवार

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेसँगै विभिन्न पार्टीका उम्मेदवारले घरदैलो र सामाजिक सञ्जालबाट प्रचार-प्रसार थालिसकेका छन् । चुनावको बेला भोट र भीड बटुल्न कलाकारलाई प्रयोग गर्ने चलन छ । नातेदार उम्मेदवारको रुपमा खडा भए कुनै पार्टीमा आबद्ध नभएका कलाकारहरुलाई पनि प्रचार गर्नुपर्ने दबाब हुन्छ । 

Results : 5203 - 5208 of 24028
Most Visited News (monthly)