Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5179 - 5184 of 24028
फिल्मीखबर, काठमाडौं, 2022-10-17, सोमवार

तिहारको अवसर पारेर कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको मल्टीस्टारर फिल्म ‘के घर के डेरा’को टाइटल ट्रयाक रिलिज भएको छ । सोमवार रिलिज भएको ओएसटी गीतमा काठमाडौंमा डेरा लिएर बस्नेले भोग्ने अनेक समस्यालाई व्यक्त गरिएको छ । त्यस्तै, काठमाडौंमा घर हुनेहरुको समस्यालाई पनि गीतले सम्बोधन गरेको छ । गीतका शब्दहरु रमाइलासँगै यथार्थपरक छन् । 

फिल्मीखबर, काठमाडौं, 2022-10-17, सोमवार

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजले देखाएको बहादुरीको कथामा निर्माण भएको फिल्म ‘नालापानी’ नेपाल सरकारका विशिष्ट व्यक्तिहरुले हेरेर उत्कृष्ट प्रतिक्रिया दिएका छन् । आइतवार सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, नेपाली सेनाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री, नेपाली सेनाका बलाधिकृत जनरल शरद प्रताप राणा, केन्द्रीय चलचित्र जाँच पास समितिका अध्यक्ष सेवन्तक पोखरेल, नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायलगायतले फिल्म हेरेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2022-10-17, सोमवार

नवल नेपाल निर्देशित तथा पूनम गौतम निर्मित फिल्म ‘मारुनी’ले अमेरिकामा अवार्ड जितेको छ । अमेरिकाकी शहर कोलोराडोमा आयोजना भएको ‘पाँचौ एभरेष्ट नेपाली फिल्म अवार्ड’मा ‘मारुनी’ले उत्कृष्ट फिल्मको अवार्ड जित्न सफल भएको हो । उक्त अवार्ड थाप्नका लागि यसै साता निर्मात्री गौतम अमेरिका पुगेकी थिइन् । यो अवार्डले आफूलाई थप हौसला थपेको पूनमको भनाई छ ।

फिल्मीखबर, काठमाडौं, 2022-10-17, सोमवार

फिल्म ‘रेसम फिलिली’मा हरियाको भूमिकामार्फत चर्चामा आएका कलाकार कामेश्वर चौरासिया केही वर्ष अगाडिसम्म सर्वाधिक डिमान्डमा थिए । मधेशी चरित्रमा उनलाई दर्शक खुबै रुचाए । तर, आफू डिमान्डमा रहेको समयमा ‘लिड क्यारेक्टर’को खोजी गर्दा उनी एकाएक कामविहीन हुन पुगे । महिनौंदेखि काम नहुँदा उनलाई काठमाडौंमा हातमुख जोर्न नै मुश्किल परेको थियो । 

फिल्मीखबर, काठमाडौं, 2022-10-17, सोमवार

नेपाली फिल्मको इतिहासमा सबैभन्दा धेरै सिरिज निर्माण हुने एक मात्र फिल्म हो, ‘नाईँ नभन्नू ल’ । यसका पाँचवटा श्रृंखला निर्माण भएर प्रदर्शन भइसकेका छन् भने अब छैटौं सिरिज निर्माणको तयारीमा छ । यसका पाँचवटै श्रृंखलाले बक्सअफिसमा सफलता हासिल गरेका थिए । मनछुने बाल प्रेमकथा र सुमधुर गीतसंगीतका कारण यो फिल्मका हरेक सिरिज दर्शकको प्रिय बनेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-10-16, आईतवार

आगामी कात्तिक १८ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘लाखे’को आइटम गीत सार्वजनिक भएको छ । काठमाडौंको विश्वज्योति हलमा आइतवार आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘तिम्रो पिरेम’ बोलको गीतमा फिल्मका मुख्य अभिनेता द्वय अनुपविक्रम शाही र आर्यन अधिकारी नृत्य गर्दै देखिएका छन् भने सौगात मल्ल उनीहरुको गतिविधि निहालिरहेको देखिन्छन् ।

Results : 5179 - 5184 of 24028
Most Visited News (monthly)