Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5167 - 5172 of 23535
फिल्मीखबर, काठमाडौं, २०७९ आषाढ २२, मंगलवार

एक समयका सफल निर्देशक मदन घिमिरेद्वारा निर्देशित एक्सन फिल्म ‘आँधी तुफान २’को ट्रेलर सार्वजनिक भएको छ । सोमवार सार्वजनिक २ मिनेट ३० सेकेन्डको ट्रेलरमा एक्सनलाई विशेष प्राथमिकता दिइएको छ । चेलिबेटी बेचबिखन गर्ने गिरोहलाई सिक्रेट मिशनमा रहेका तीन महिना पात्र (आरती आचार्य, सोनी बिसी र याङ्शु श्रेष्ठ) ले कसरी सखाप गर्छन् भन्ने ट्रेलरमा देखाइएको छ । 

फिल्मीखबर, काठमाडौं, २०७९ आषाढ २१, सोमवार

गत बैशाखमा फिल्म ‘हनी बनी’ छाडेपछि दुई महिना मौन देखिएका अभिनेता अनमोल केसीले यतिबेला भकाभक फिल्म साइन गरिरहेका छन् । दुई साताअघि ‘छड्के २’ र गत शुक्रवार सुदर्शन थापाले निर्देशन गर्ने एक अनटाइटल प्रोजेक्ट साइन गरेका उनी सोमवार अर्को फिल्ममा अनुबन्ध भएका छन् । आफू अभिनीत सुपरहिट फिल्म ‘जेरी’को सिक्वेलमा उनी अनुबन्धित भएका हुन् ।

काठमाडौं, काठमाडौं, २०७९ आषाढ २१, सोमवार

आगामी कात्तिक पहिलो साताबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मिलन’मा सलोन बस्नेत, कुशल शाह ठकुरी र शिल्पा थापा एकसाथ देखिने भएका छन् । ६ महिना अगाडि छायांकन सकेर डबिङको काम समेत पूरा भइसकेको फिल्म तीन पात्रको त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको निर्देशक टेक पौरखी राईले जानकारी दिए । फिल्म उत्कृष्ट बनेको उनको दाबी छ ।

फिल्मीखबर, काठमाडौं, २०७९ आषाढ २१, सोमवार

गत वर्ष फिल्म ‘ह्यारी की प्यारी’को छायांकन सकाएपछि अभिनेत्री साम्राज्ञी आरएल शाहले नयाँ फिल्म ‘लण्डन टू पेरिस’ साइन गरेकी थिइन् । एक महिना वर्कसपमा समय विताएपछि उनी फिल्मका अन्य तीन कलाकारहरु गरिमा शर्मा, कबीर खड्का र निश्चल खड्काको साथमा सोमवार लण्डन उडेकी छन् । निर्देशकसहितको टोली भने केही दिन अगाडि नै लण्डन पुगिसकेको छ ।

फिल्मीखबर, काठमाडौं, २०७९ आषाढ २१, सोमवार

सन् २०१६ मा आएको फिल्म ‘प्रेमगीत’ले तीन जनाको जीवन बदल्यो । ‘चंखे शंखे पंखे’ निर्माण गरेर डुबेका निर्माता सन्तोष सेन, आफैंले लगानी गरेर फिल्म ‘स्केप’बाट हिरो भएका प्रदीप खड्का र ‘मधुमास’, ‘अझै पनि’ जस्ता फिल्ममा काम गरेर पनि नचलेकी पूजा शर्मालाई ‘प्रेमगीत’ले नयाँ जीवन दिएको थियो । यही फिल्मका कारण आज तीनैजनाको फिल्म क्षेत्रमा ठूलो नेम र फ्रेम छ ।

फिल्मीखबर, काठमाडौं, २०७९ आषाढ २१, सोमवार

फिल्म ‘होस्टेल रिर्टन्स’बाट सहायक चरित्रमा उदाएकी अभिनेत्री हुन्, स्वस्तिमा खड्का । यो फिल्म बक्सअफिसमा राम्रै चले पनि स्वस्तिमाको करिअरले फड्को मारेन । बरु, डेब्यू फिल्म रिलिज लगत्तै निर्देशक निश्चल बस्नेतसँग बिहे गरेपछि उनी चर्चामा आइन् । विवाहपछि उनको भाग्य बलेको हो भन्दा फरक पर्दैन । किनकि, बिहेपछि नै उनले फिल्ममा आफ्नो पहिचान बनाएकी हुन् ।

Results : 5167 - 5172 of 23535