
सुन्दरी अभिनेत्री सारा सिरपालीले कोरोना महामारीभन्दा अगाडि काम गरेको फिल्म ‘गुञ्जन’ले प्रदर्शन मिति पाएको छ । निर्माता र वितरकबीच मंगलवार भएको सहमति अनुसार आगामी पुष २९ गते फिल्म प्रदर्शन हुनेछ । फिल्मलाई मोफसलमा एफडी कम्पनी र काठमाडौंभित्र जिजिए ग्रुप र डिसिएनले वितरण गर्नेछन् । माघे संक्रान्तिलाई लक्षित गर्दै फिल्मको प्रदर्शन मिति तोकिएको हो ।

नेपाली फिल्म क्षेत्रले आशा गरेको अभिनेता हुन्, सलिनमान बनियाँ । फिल्म ‘ए मेरो हजुर २’बाट डेब्यू गरेका उनको अभिनयको आलोचना भएपनि लुक्स, हेयर स्टाइल र परिहनले दर्शकको ध्यान खिचेको थियो । पहिलो फिल्मबाटै स्टाइलिस अभिनेताको रुपमा चिनिएका उनले युवापुस्तामा राम्रो फ्यान फलोइंग बनाए । दुई वर्षको विश्रामपछि उनले दोस्रो फिल्म ‘यात्रा’मा काम गरेका थिए ।

जुलाई १ अर्थात् यही शुक्रवारबाट बलिउडका दुई ठूला फिल्म ‘रकेट्री’ र ‘ओम’ एकसाथ प्रदर्शनमा आएका थिए । ट्रेलरबाट ठूलो आशा जगाएका यी दुई फिल्ममध्ये ‘रकेट्री’को व्यापार ठिकठाक रहँदा ‘ओम’ भने बक्सअफिसमा टाँट पल्टिएको छ । आदित्य रोय कपूर अभिनीत फिल्मले प्रदर्शनको चार दिनको अवधिमा ५ करोड आसपास कमाएको छ । जुन अपेक्षा गरेभन्दा ज्यादै न्यून हो ।

एक समयका सफल निर्देशक ज्ञानेन्द्र देउजाले ७ वर्षपछि निर्देशन गरेको नयाँ फिल्म ‘झिंगेदाउ’को पहिलो गीत सार्वजनिक भएको छ । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘आगो बिना बिँडी जल्दैन’ बोलको गीतमा मुक्त उदासको शब्द रचना र अर्जुन पोखरेलको संगीत रहेको छ भने शान्तिश्री परियार र प्रविन बडवालको युगल स्वर सुन्न सकिन्छ ।

यतिबेला अभिनेता अनमोल केसी करिअरको त्यो विन्दूमा छन्, जहाँ पुग्छु भन्ने उनी आफैंले कल्पना गरेका थिएनन् होला । पहिलो फिल्मबाट लागेको ‘लक’ उनलाई छाड्ने पक्षमा छैन । फिल्म ‘होस्टेल’ बाट सफलताको चप्पल पड्काउन सुरु गरेका उनलाई ‘कृ’ र ‘क्याप्टेन’ बाहेक अरु फिल्मबाट निराशा भोग्नु परेन । नयाँ छिमलका कलाकारमा सबैभन्दा सफल फिल्म दिने नायक हुन् उनी ।

अभिनेत्रीबाट निर्देशक बनेकी झरना थापाले लगातार तीनवटा फिल्म हिट दिएर ह्याट्रिक गरिसकेकी छन् । उनी निर्देशित ‘ए मेरो हजुर’का तीनवटै सिरिज बक्सअफिसमा सफल भएका थिए । अब उनी पहिलो पटक नयाँ नाममा फिल्म निर्देशन गर्ने तयारीमा छिन् । ‘भागवद् गीता’ नाममा बन्न लागेको फिल्मको बैशाखमा जानकी मन्दिर (जनकपुर) मा टिजरको छायांकन भएको थियो ।

