
रंगमञ्चका गुरु मानिने अनुप बरालले फिल्म ‘फिटकिरी’बाट निर्देशकीय यात्रा सुरु गरेका थिए । त्यसपछि उनले फिल्म ‘दोख’ बनाए । करीब ७ वर्ष अगाडि नै निर्माण भएको यो फिल्म भोली शुक्रवार (असार २४) बाट प्रदर्शनमा आउने तयारीमा छ । फिल्ममा निर्देशक बरालले माओवादी जनयुद्धको पृष्ठभूमिमा वनको मुद्धालाई लिएर दुई गाउँबीचको किचलोको कथा प्रस्तुत गरेका छन् । एक स्क्रिप्ट लेखन प्रतियोगितामा प्रथम भएको स्क्रिप्टमाथि उनले फिल्म बनाएका हुन् ।

निर्माताको पीडा बुझ्न एकपटक भए पनि कलाकारले फिल्म निर्माण गर्नुपर्छ भन्ने गरिन्छ । फिल्ममा अभिनय गरेपछि आफ्नो सबै दायित्व सकिएको ठान्ने एकाध कलाकारका कारण कयैन् निर्माता रुँदै हिँड्नु परेको छ । एउटा निर्माताले बैंकबाट ऋण लिएर होस् वा जीवनभर कमाएको पैसाले फिल्म बनाएको हुन्छ । तर, केही कलाकारले पारश्रमिक पाएपछि निर्माताको समस्या र पीडा नै विर्सन्छन् ।


आगामी तिहारको अवसर पारेर कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको ऐतिहासिक विषयवस्तुमा आधारित फिल्म ‘नालापानी’को मोशन पोस्टर सार्वजनिक गरिएको छ । यूट्युबमा सार्वजनिक ४४ सेकेन्डको पोस्टरमा एक पात्र हातमा तरवार लिएर प्रस्तुत छन् भने पृष्ठभूमिमा केही पात्रहरु घोडामा सवार देखिन्छन् । फिल्मको कथा बोल्ने गीतलाई पृष्ठभूमिमा राखिएको छ । मोशन पोस्टरमा सुनिने ब्याकग्राउन्ड स्कोरले फिल्मप्रति उत्सुकता पैदा गर्छ ।

प्रख्यात रंगकर्मी अनुप बरालकी श्रीमती दीया मास्के (बराल) पनि एक उम्दा कलाकार हुन् । रंगमञ्च पृष्ठभूमिबाट फिल्ममा आएकी उनले ‘सुनगाभा’, ‘साँघुरो’ र ‘फिटकिरी’ फिल्ममा सम्झनलायक चरित्र निर्वाह गरेकी छन् । अब उनी अभिनीत नयाँ फिल्म ‘दोख’ यही शुक्रवार (२४ गते) बाट प्रदर्शनमा आउने तयारीमा छ । यो फिल्ममा निर्वाह गरेको चरित्रबाट मास्के सन्तुष्ट देखिएकी छन् ।

करीब ९ वर्षदेखि प्रेम सम्बन्धमा रहेका अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डिसी दाहाल अब विवाह बन्धनमा बाँधिने भएका छन् । विगत केही वर्षयता अमेरिकामा एकसाथ बस्दै आएका उनीहरु आगामी मंसिर १६ गते विवाह बन्धनमा बाँधिन लागेको जानकारी प्राप्त भएको छ । यो जोडीको विवाहको ‘भेन्यू’ काठमाडौंको बौद्धस्थित पाँचतारे होटल हायात रिजेन्सी रोजिएको छ ।

