
रंगमञ्च र फिल्ममा स्थापित धेरै कलाकारका गुरु हुन्, अनुप बराल । कोही उनलाई अभिनय र निर्देशकीय कलाका आधारमा गुरु मान्छन् भने कतिलाई उनी आफैंले अभिनय सिकाएका छन् । दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की जस्ता कलाकारहरु उनलाई गुरुको दर्जा दिन्छन् । अनुपबाट अभिनय सिकेपछि एउटा कलाकार अभिनयका लागि पूर्ण रुपमा तयार हुने बताइन्छ ।

डा. भोला रिजालका छोरा डा. कपिल रिजालले निर्देशन गरेको फिल्म ‘ह्यारी की प्यारी’ले प्रदर्शन मिति तय गरेको छ । शुक्रवार निर्माण टिमले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी कात्तिक २५ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा फिल्मका अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी आरएल शाह प्रस्तुत छन् । फिल्मले उनीहरुको विवाहको कथा भन्ने पोस्टरले बुझाउँछ ।


‘कृ’ फेम्ड निर्देशक सुरेन्द्र पौडेल निर्देशित तेस्रो फिल्म ‘बाबरी’को दोस्रो गीत सार्वजनिक भएको छ । यसअघि सार्वजनिक गरिएको ‘बाबरी रंगमा रंगिएर’ गीतले लोकप्रियता हासिल गरेपछि निर्माण टिमले बिहीवार केन्द्र मोशन पिक्चर यूट्युब च्यानलमार्फत् ‘चुलबुल चुलबुल’ बोलको डान्सिङ शैलीको गीत सार्वजनिक गरेको हो । गीतको अडियो तथा भिडियो क्वालिटी प्रशंसायोग्य छ ।

प्रशारणको तयारीमा रहेको एनएनटिभी (नेपाल नेटवर्क टेलिभिजन) ले लघु फिल्म प्रतिस्पर्धाको घोषणा गरेको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच ‘एनएनटिभी सर्टस् : मेरो कथा, मेरो सिनेमा’ नामक प्रतिस्पर्धाको घोषणा गर्दै स्क्रिप्टको संक्षिप्त स्वरुप (कथासार) सहित आवेदन आह्वान गरिएको छ । स्क्रिप्ट छनौट भइसकेपछि टेलिभिजनले निर्माण अनुमति प्रदान गर्ने एनएनटिभीका सिइओ दिनेश डिसीले जानकारी दिए ।

गत जेठ १३ गतेभन्दा अगाडि नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाई गर्ने फिल्मको रेकर्ड ‘छक्का पञ्जा ३’को नाममा थियो । निर्माता तथा कलाकार दीपकराज गिरीको दाबीलाई विश्वास गर्ने हो भने यो फिल्मले घरेलु बजारमा २० करोड कमाएको थियो । यो रेकर्ड दीपककै समुहले निर्माता रोहित अधिकारीसँग मिलेर बनाएको फिल्म ‘छ माया छपक्कै’ले समेत तोड्न सकेको थिएन । २० करोडको रेकर्ड तोड्नु तत्कालका लागि असम्भव नै मानिएको थियो ।

