
गत जेठमा फ्रान्समा भएको विश्वकै प्रतिष्ठित ‘कान्स फिल्म फेस्टिभल’मा नेपाली अभिनेत्री सुरक्षा पन्तले उपस्थिति जनाएकी थिइन् । आफूले अभिनय गरेको अन्तर्राष्ट्रिय फिल्म ‘द एट माउन्टेन्स’ कान्सको प्रतिस्पर्धामा छानिएकाले उनले रेड कार्पेटमा हिँड्ने मौका समेत पाइन् । कान्सको रेड कार्पेटमा हिँड्न पाउनु विश्वका सेलिब्रेटीका लागि सपना हो । त्यो अर्थमा सुरक्षा भाग्यमानी बनिन् ।

एउटा उचाईंमा पुगेको कलाकारले आफ्नो ‘कम्फर्ट जोन’बाट बाहिर निस्किएर काम गर्न सक्छ ? यदी सक्छ भने उसले आफ्नो करिअर खुकुरीको धारमाथि राखेको छ । अहिले अभिनेता प्रदीप खड्का त्यहीँ खुकुरीको धारमाथि हिँडिरहेका छन्, जसले उनको करिअर सपार्न पनि सक्छ र ध्वस्त बनाउन पनि । फिल्म ‘प्रकाश’मा उनले बाँचेको चरित्र उनको ‘कम्फर्ट जोन’भन्दा बाहिरको हो ।

शोभित बस्नेतले निर्देशन गरेको फिल्म ‘बद्री बहादुर’ नेपालअघि अष्ट्रेलियामा प्रदर्शन हुने भएको छ । आगामी जुलाई ३० तारिखमा सिड्नीसहित चार शहरमा फिल्म प्रदर्शन हुने शोभितले जानकारी दिए । छोरी भेट्न हाल अष्ट्रेलियामा रहेका उनले त्यही मौकामा फिल्म प्रदर्शनको चाँजोपाँजो मिलाएका हुन् । फिल्मलाई सिड्नीमा मेगा इभेन्ट र रुक्सल प्रजापतिले प्रदर्शन गर्न लागेका हुन् ।

मुस्लिम समुदायबाट फिल्ममा आएका कलाकारहरु औंलामा गन्न सकिने मात्र छन् । त्यसमध्येमा पर्छन्, हसनराजा खान । उनले हिरो बन्न आफ्नै लगानीमा पहिलो फिल्म ‘अलबिदा’ बनाए । त्यसपछि उनले आफ्नै मुख्य भूमिकामा अर्को फिल्म ‘रोमियो’ निर्माण गरे । यी दुई फिल्मपछि भने उनले न फिल्म निर्माण गरेका छन् न अभिनय । पछिल्लो समय उनी आफ्नो व्यवसायमा व्यस्त छन् ।

प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्नु जति खुशी प्रेम जोडीका लागि अरु के होला र ? अभिनेत्री नीता ढुंगानाले पनि अभिनेता तथा ज्योतिष हरिहर अधिकारीसँगको २ वर्ष १० महिना लामो प्रेम सम्बन्धलाई शुक्रवार विवाहमा परिणत गरिन् । काठमाडौंको पाँचतारे होटल याक एन्ड यतिमा भएको भव्य विवाह समारोहमा दुई पक्षका परिवार र आफन्तसँगै केही फिल्मकर्मी पनि सहभागी थिए ।

अभिनेत्री रेखा थापा ४ वर्षदेखि फिल्ममा देखिएकी छैनन् । आफैंले निर्देशन र अभिनय गरेको फिल्म ‘मालिका’को असफलतापछि उनी फिल्ममा फर्किन समय लगाइरहेकी छन् । एक समय सफलताबाहेक केही नदेखिएकी उनलाई पछिल्लो समय फिल्मबाट असफलताबाहेक केही मिलेको छैन । त्यसैले यतिबेला उनलाई आफ्नो करिअर उठाउन एउटा जबर्जस्त हिट फिल्मको खाँचो छ ।

