Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5131 - 5136 of 23535
फिल्मीखबर, काठमाडौं, २०७९ आषाढ २९, मंगलवार

कोरोना महामारीले फिल्म क्षेत्र ठप्प रहेको अवस्थामा २०७७ सालको असोजमा फिल्म ‘हिँड्दा हिँड्दै’को घोषणा भएको थियो । पुष दोस्रो साताबाट फिल्म छायांकनमा निस्कियो । तर, छायांकन भइरहेको समयमा कोरोना महामारी भयावह रुपमा फैलिएपछि फिल्म अधुरैमा रोकियो । गत साता फिल्मको बाँकी छायांकन गरिएको थियो । अन्ततः २ वर्षमा फिल्मको सुटिङ सकिएको छ । 

फिल्मीखबर, काठमाडौं, २०७९ आषाढ २९, मंगलवार

एक समय पर्दामा जमेको जोडी हो, निखिल उप्रेती र रेखा थापा । उनीहरुले ‘धड्कन’, ‘दोबाटो’, ‘कर्मयोद्धा’, ‘ए पण्डित बाजे’, ‘बरमाला’, ‘पाले दाई’ लगायत दुई दर्जन बढी फिल्ममा एकसाथ अभिनय गरेका छन् । निखिल र रेखा भएपछि फिल्मले हिटको ग्यारेन्टी गर्थ्यो । दुवैले आफ्नो स्टारडमको बलमा फिल्म चलाउने सामर्थ्य राख्थे । एक समय उनीहरुलाई स्टारडमको आधारमा एकअर्काका प्रतिस्पर्धी समेत भनिन्थ्यो ।

फिल्मीखबर, काठमाडौं, २०७९ आषाढ २८, सोमवार

आगामी असोज असोज २१ गतेबाट प्रदर्शनमा आउन लागेको बिएस बलामी निर्देशित फिल्म ‘प्रपञ्च’को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘मुटुमा सास भर्ने आधार’ बोलको रोमान्टिक गीतमा सन्तोष प्रगाढको संगीत तथा दिनेश सुवेदीको शब्द रचना छ भने शंकरलाल श्रेष्ठ र ऋद्धा दियालीको युगल स्वर सुन्न सकिन्छ 

फिल्मीखबर, काठमाडौं, २०७९ आषाढ २८, सोमवार

अभिनेता तथा युवा ज्योतिष हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाले प्रेम सम्बन्धलाई गत शुक्रवार विवाहमा परिणत गरे । हिन्दू परम्पराअनुसार विवाहको सम्पूर्ण कार्य सकिएपछि यो जोडीले आइतवार काठमाडौंको होटल याक एन्ड यतिमा रिसेप्सन पार्टी दियो । पार्टीमा काठमाडौंका मेयर बालेन शाहदेखि अभिनेता राजेश हमालसम्म नव-विवाहित जोडीलाई बधाई दिन पुगेका थिए ।

फिल्मीखबर, काठमाडौं, २०७९ आषाढ २८, सोमवार

अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्रेम सम्बन्धमा रहेको कुरा नौलो होइन । ५ वर्षदेखि उनीहरु प्रेममा छन् । उनीहरुले प्रेम सम्बन्ध पनि कहिल्यै लुकाएनन् । जबदेखि प्रेममा डुबे, मिडियामा पनि खुलेरै व्यक्त गरे । यो जोडीको फिल्ममा समेत सहकार्य हुँदै आएको छ । उनीहरुले ‘मासु भात’, ‘पोइ पर्‍यो काले’, ‘माइकल अधिकारी’ लगायतका फिल्ममा सँगै काम गरिसकेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०७९ आषाढ २८, सोमवार

संसारका शक्तिशाली देशहरुले कुनै पनि व्यक्तिको लोकप्रियताको आधारमा भिसा दिँदैन भन्ने एउटा उदाहरण अभिनेत्री पूजा शर्मा बनेकी छन् । पूजाले आफू निर्मित तथा अभिनीत सुपरहिट फिल्म ‘म यस्तो गीत गाउँछु २’को अष्ट्रेलिया प्रिमियरमा सहभागी हुन लागि भिसा आवेदन दिएकी थिइन् । तर, उनलाई अष्ट्रेलियन दूतावासले भिसा प्रदान गर्न अस्वीकार गरेको जानकारी प्राप्त छ ।

Results : 5131 - 5136 of 23535