

मोरङ क्षेत्र नं. ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएकी लोकप्रिय अभिनेत्री रेखा थापा पराजित भएकी छन् । नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिल शर्माले जित निकाल्दा उनले हार बेहोर्नु परेको हो । ४८ हजार ६ सय ३१ मत प्राप्त गर्दै शर्मा विजयी हुँदा रेखाले १० हजार ९ सय ८९ मत प्राप्त गरिन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकाललाई २५ हजार ८ सय ९५ मत खसेको थियो ।

निर्मता रमेश एमके पौडेलको डेब्यू निर्देशित लभस्टोरी फिल्म ‘तिम्रो मेरो साथ’को टिजर सार्वजनिक भएको छ । शुक्रवार बोधी एचडी युट्युब च्यानलबाट सार्वजनिक भएको १ मिनेट ३० सेकेन्ड लम्बाईको टिजरमा अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाहको प्रेममा आउने उतार-चढावलाई प्रस्तुत गरिएको छ । टिजरमा साम्राज्ञीलाई पुष्पको प्रेममा क्रेजी देखाइएको छ ।

यसपटकको सङ्घीय निर्वाचनमा विभिन्न पार्टीबाट कलाकारहरु पनि उम्मेदवार बनेका थिए । तर, लुम्बिनी प्रदेशसभामा निर्माता रोज राणा र बागमती प्रदेशसभामा कलाकार तथा निर्माता मदुकुमार श्रेष्ठबाहेक अरुले जित निकाल्न सकेका छैनन् । गायिका तथा अभिनेत्री कोमल वली प्रतिनिधिसभा सदस्यमा पराजित भइसकेकी छन् भने अभिनेत्री रेखा थापाको पनि हार निश्चित बनेको छ ।

सुपरस्टार अजय देवगन अभिनीत फिल्म ‘दृश्यम २’ले भारतीय बक्सअफिसमा आक्रामक कमाई गरिरहेको छ । प्रदर्शनको पहिलो दिनदेखि कमाईमा उछाल कायम गरेको फिल्मले एक हप्तामै सय करोडको आँकडा छुन सफल भएको छ । ट्रेड एनालिस्ट तरण आदर्शले सामाजिक सञ्जालमार्फत् फिल्मले एक हप्ताकै अवधिमा १०४ करोड ६६ लाखको व्यापार गरेको जानकारी दिएका छन् ।


