
नेपाली भाषामा निर्माण भएर हिन्दीमा डब हुन लागेको फिल्म ‘सायरा’ विश्वव्यापी रिलिज हुने भएको छ । हालै फिल्मका प्रस्तुतकर्ता रघु परियार र भारतीय कम्पनी पावनी फिल्म्सका प्रबन्ध निर्देशक विशाल चौधरीबीच विश्वव्यापी रिलिजको बारेमा सम्झौता भयो । सम्झौतापछि परियारले भने, ‘पावनी फिल्मस्ले विश्वभर फिल्मलाई रिलिज र प्रमोशन गर्नेछ । यसले हामीलाई हौसला थपेको छ ।’

आफ्नो अनियन्त्रित अभिव्यक्तिका कारण अभिनेत्री पूजा शर्मा जति विवादित बन्छिन्, व्यक्तिगत जीवनका कारण उनको चर्चा पनि उतिक्कै हुने गरेको छ । आकाश श्रेष्ठसँग पानी बाराबार भएपछि युद्ध बानियाँसँगको प्रेम सम्बन्धका कारण चर्चामा रहेकी उनी अब विवाह गर्न ढिलो गर्ने पक्षमा छैनन् । तर, अहिले उनीहरुले एक व्यावसायमा हात हालेकाले विवाह केही समय धकेलिने देखिन्छ ।

‘स्टाइलिस स्टार’ सलिनमान बनियाँ डेब्यू फिल्म ‘ए मेरो हजुर २’मा काम गर्नुभन्दा अगावैदेखि प्रोफेसनल मेकअप आर्टिस्ट अस्प्रिना जिन्हा श्रेष्ठको प्रेममा थिए । उनले कहिल्यै प्रेम सम्बन्ध लुकाउन जरुरी पनि ठानेनन् । सामाजिक सञ्जालमा उनले अस्प्रिनासँगका रोमान्टिक तस्विरहरु बाक्लै रुपमा साझेदार गरिरहेका हुन्छन् भने मिडियामा पनि प्रेम सम्बन्धको बारेमा खुलेरै बोल्ने गरेका छन् ।

अभिनेता सलोन बस्नेतले मंसिर १२ गते एयर होस्टेस करिश्मा केसीसँग करिब ४ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरे । विवाहको पर्सीपल्ट (मंसिर १४ गते बुधबार) काठमाडौंको एक पाँचतारे होटलमा उनले आफन्त, साथीभाई र फिल्मकर्मीहरुका लागि रिसेप्सन पार्टी आयोजना गरेका थिए । जहाँ उल्लेख्य संख्यामा नवविवाहित जोडीलाई बधाई दिन पाहुनाहरु उपस्थित थिए ।

बलिउड अभिनेत्री कृति सेनन र साउथ सुपरस्टार प्रभास प्रेम सम्बन्धमा रहेको चर्चाले यतिबेला बलिउड गर्माएको छ । तर, कृतिले प्रभाससँग अफेयरको विषयमा मुख खोलेकी छन् । उनले सामाजिक सञ्जालमार्फत् प्रभाससँग प्रेम सम्बन्ध नरहेको स्पष्टिकरण दिएकी छन् । एक रियालिटी शोमा अभिनेता वरुण धवनले मजाक गर्दै भनेको कुराले अफवाहको रुप लिएको उनको भनाई छ ।

पर्सी शुक्रबारबाट फिल्म ‘पासो’ रिलिज हुँदैछ । एकल रिलिज हुन लागेकाले फिल्मलाई केही राहत मिल्ने देखिन्छ । प्रचार-प्रसारमा निर्माण पक्षले खासै ध्यान नदिएको भए पनि ‘वर्ड अफ माउथ’ले हलमा दर्शक तान्नेमा अपेक्षा गरिएको छ । अभिनेत्रीद्वय रिस्ता बस्नेत र सुनिशा बजगाँईले फिल्म बोकेका छन् । यसैले उनीहरुको करिअरका लागि नै यो फिल्म अत्यन्त महत्त्वपूर्ण र विशेष छ ।

