
आगामी पुष १५ गतेबाट प्रदर्शनमा आउन लागेको एक्सन-लभस्टोरी फिल्म ‘डिसेम्बर फल्स’को पहिलो गीत सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘फकाउनै जानिनँ’ बोलको लोकलयको गीतमा दीपक शर्माको शब्द रचना तथा संगीत छ भने निशान भट्टराई र मेलिना राईको स्वर सुन्न सकिन्छ । गीतको कोरियोग्राफर रामजी लामिछाने हुन् ।

फिल्ममा डेब्यूको हिसाबले अनमोल केसीले सलिनमान बनियाँभन्दा दुई-चारवटा भोटो अगाडि नै फटाएका हुन् । अनमोलले सन् २०१४ मा ‘होस्टेल’बाट डेब्यू गरेका थिए भने सलिनको डेब्यू सन् २०१७ मा ‘ए मेरो हजुर २’बाट भयो । दुवै डेब्यू फिल्मबाटै स्टार बने । युवापुस्तामा उनीहरुको लोभलाग्दो क्रेज छ । र, मिडियाले उनीहरुलाई एकअर्काको प्रतिस्पर्धीको रुपमा लिने गरेको छ ।

वरुण धवन र कृति सेनन अभिनीत फिल्म ‘भेडिया’ कमाईको मामलामा तगडा देखिएको छ । अजय देवगन स्टारर फिल्म ‘दृश्यम २’सँगको प्रतिस्पर्धाको बाबजूद फिल्मको पहिलो विकेन्ड सानदार रह्यो । फिल्मले तीन दिनमा २८ करोड ५५ लाखको सुखद् अंक जोडेको छ । फिल्मले पहिलो दिन ७ करोड ४८ लाख, दोस्रो दिन ९ करोड ५७ लाख र तेस्रो दिनमा ११ करोड ५० लाख कमायो ।

कस्तो फिल्म राम्रो र सफल हुन्छ ? यसको जवाफ एउटै हो, ‘दर्शकले मनपराएको ।’ किनकि, फिल्म दर्शकका खातिर बनाइन्छ । दर्शकले मन पराएनन् भने फिल्म सफल हुने कुरै आउँदैन । र, फिल्म भनेको निर्देशकको सोचअनुरुप बन्छ । निर्देशकले कामप्रति लापरवाही वा खेलाची गरे फिल्म बन्नु र नबन्नुको औचित्य रहँदैन । यसैले त निर्देशकलाई फिल्मको ‘क्याप्टेन अफ द सिप’ भनिन्छ ।

नयाँ छिमलका चर्चित अभिनेता सलोन बस्नेत विवाह बन्धनमा बाँधिएका छन् । नेपाल एयरलाइन्समा एयर होस्टेस रहेकी करिश्मा केसीसँग उनले लगनगाँठो कसेका हुन् । यतिबेला उनीहरुको चन्द्रागिरी हिल्स रिसोर्टमा विवाह भइरहेको छ । विहान १० बजेतिर बेहुली लिनका लागि चन्द्रागिरीस्थित निजी निवासबाट जन्तीसहित सलोन केवलकार चढेर चन्द्रागिरी हिल्स रिसोर्टमा पुगेका थिए ।

अभिनेता धिरज मगरले पारिश्रमिक मिलाइदिएको भए निर्देशक झरना थापाले दशैं लगत्तै फिल्म ‘भगवत् गीता’को छायांकन सुरु गरिसकेकी हुने थिइन् । तर, धिरजले ४० लाखभन्दा तल काम नै नगर्ने अडान लिएपछि अब झरनाले अडिसनबाट हिरो छनोट गर्ने भएकी छन् । आइतवार एक पोस्टर जारी गर्दै फिल्मको मुख्य नायक र बाल कलाकारका लागि अडिसन आह्वान गरिएको छ ।

