मिति : २०८१ ज्येष्ठ ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पशुपति प्रसाद २ : भष्मे डन’को निर्माण घोषणा, आगामी फूलपातीमा रिलिज

फिल्मीखबर, काठमाडौं, 2023/01/29

२०७३ सालमा व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल ठहरिएको माइलस्टोन फिल्म ‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेल ‘पशुपति प्रसाद २ : भष्मे डन’को निर्माण घोषणा गरिएको छ । ‘पशुपति प्रसाद’ प्रदर्शनको ७ वर्ष पूरा भएको अवसरमा आइतबार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको कलाकारको ‘लाइनअप’ सार्वजनिक गर्नुका साथै प्रदर्शन मिति समेत घोषणा गरियो ।

 

pasupati prasad 2 (1)


आगामी दशैंको फूलपातीका लागि प्रदर्शन मिति घोषणा गरिएको यो फिल्मलाई दीपेन्द्र के. खनालले निर्देशन गर्नेछन् भने लेखक र निर्मातामा खगेन्द्र लामिछाने छन् । ‘पशुपति प्रसाद’मा भष्मे डनको भूमिका निर्वाह गरेका विपिन कार्कीको मुख्य भूमिका रहनेछ भने सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर पनि कलाकारमा छन् ।

निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज/सुभाष भुषालको संगीत रहने फिल्म टुकी आर्टस्को ब्यानरमा निर्माण हुनेछ । आगामी फागुन दोस्रो साताबाट छायांकन सुरु हुने फिल्मको घोषणा कार्यक्रममा निर्देशक खनालले ‘पशुपति प्रसाद’को तर्क संगत र अर्थपूर्ण तरिकाले सिक्वेल बन्नुपर्छ भन्ने सोचअनुरुप स्क्रिप्टमा मिहिनेत गरिएको बताए ।

उनले भने, ‘हामी लामो समय स्क्रिप्ट ‘लक’ गर्नै नसकेर अड्किएका थियौं । स्क्रिप्ट तयार पार्‍यो अनि ओल्टाई-पल्टाई गर्दा चित्त नै बुझ्दैन थियो । अहिले चाहिँ यो स्क्रिप्टमा फिल्म बनाउँदा अर्थपूर्ण हुन्छ भन्ने लागेको छ । हामीले हतार गरेर फिल्म बनाउन लागेका होइनौं ।’ यो ७ वर्षको अवधिमा भष्मे डनको जीवनमा आएका विभिन्न उतार-चढावलाई फिल्ममा प्रस्तुत गरिने उनको भनाई छ ।

 

pasupati prasad 2 (1)


फिल्मका लेखक लामिछानेले खगत सिक्वेल मात्र बनाउन नलागेको स्पष्ट पारे । ‘सिक्वेल बनाउँदै गर्दा अर्थपूर्ण हिसाबले बन्नुपर्छ भन्ने मेरो मान्यता हो । किन शीर्षकमा भष्मे डन नै जोडियो त भन्ने कुरा फिल्ममा अर्थपूर्ण र तर्कपूर्ण रुपमा देखाइनेछ,’ खगेन्द्र सुनिए । अभिनेत्री स्वस्तिमा खड्काले धेरै दर्शकको मनपर्ने फिल्मको सिक्वेलमा आफू जोडिन पाउँदा खुसी महसूस भएको बताएकी छन् ।

‘पशुपति प्रसाद २ : भष्मे डन’को घोषणा कार्यक्रममा ‘पशुपति प्रसाद’ प्रदर्शनको ७ वर्षको अवसरमा केक काटेर खुसीयाली समेत मनाइयो । उक्त अवसरमा अभिनेत्री वर्षा सिवाकोटी पनि उपस्थित थिइन् । ‘पशुपति प्रसाद’मा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी उनी सिक्वेलमा दोहोरिएकी छैनन् । वर्षाले यो सिक्वेलमा आफू नदोहोरिए पनि यसका अरु सिक्वेलमा दोहोरिने आशा व्यक्त गरिन् ।