Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5011 - 5016 of 24029
फिल्मीखबर, काठमाडौं, 2022-11-30, बुधवार

आर्थिक रुपमा देश समृद्ध हुन नसके पनि नेपाल विभिन्न कुरामा भने अगाडि छ । यसमध्ये एक हो, संघ संस्था गठन । सम्भवतः नेपालमा जति विभिन्न पेशा, धर्म, जातजातिको नाममा खोलिएका संघ संस्था अन्य देशमा छैनन् । सरकारी कर्मचारीहरुको समेत संगठन छन् । नेपाली फिल्म क्षेत्रमा पनि संघ-संस्था बग्रेल्ती छन् । प्राविधिकदेखि द्वन्द्व निर्देशन गर्नेसम्मको आ-आफ्नै संस्था छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-11-30, बुधवार
फिल्मीखबर, काठमाडौं, 2022-11-29, मंगलवार

मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म ‘गोर्खा वारियर’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । मंगलवार सार्वजनिक तीनवटा पोस्टरमा फिल्मका प्रमुख पात्रहरु विजय लामा, रितेश चाम्स, रियर राईलगायतले युद्ध मैदानमा देखाएको बहादुरीलाई चित्रण गरिएको छ । पोस्टर हेर्दा गोर्खा सैनिकको बहादुरी र युद्धका विषय मनपर्ने दर्शकहरुलाई फिल्मले आकर्षित गर्ने देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2022-11-29, मंगलवार

अभिनेता आर्यन सिग्देल लभस्टोरी फिल्मकै लागि जन्मिएका हुन् भन्दा फरक पर्दैन । डेब्यू फिल्म ‘किस्मत’बाट नै उनले यो कुरा प्रमाणित गरेका थिए । उनले आफ्नो करिअरमा अभिनय गरेका र दर्शकले रुचाएका फिल्म हेर्ने हो भने लभस्टोरीको संख्या उच्च छ । यसैले पनि कुनै बेला लभस्टोरी फिल्मका लागि उनी निर्विकल्प झैं थिए । उनलाई फिल्ममा लिन मेकरहरु महिनौंसम्म कुर्थे ।

फिल्मीखबर, काठमाडौं, 2022-11-29, मंगलवार

लोकप्रिय अभिनेता सलोन बस्नेतले हिजो (सोमबार) विवाह गरे । एयर होस्टेस तथा मोडल करिश्मा केसीसँगको ४ वर्ष लामो प्रेम सम्बन्धलाई उनले विवाहमा परिणत गरेका हुन् । एकातिर उनले घरमा दुलही भित्राउँदा अर्कोतिर उनी अभिनीत फिल्म ‘मिलन’ हलमा प्रदर्शन भइरहेको छ । तर, उनको विवाहमा उपस्थित भएका जन्ती जति पनि फिल्मले हलमा दर्शक पाउन सकेको छैन ।

फिल्मीखबर, काठमाडौं, 2022-11-29, मंगलवार

सन् २०१४ मा प्रदर्शनमा आएको फिल्म ‘मोक्ष’ले व्यवसायिक सफलता हासिल गर्न नसकेता पनि समीक्षात्मक रुपमा राम्रै प्रशंसा कमाएको थियो । यो फिल्मलाई प्रविन श्रेष्ठले निर्देशन र सुनिल मानन्धरले निर्माण गरेका थिए । अब ८ वर्षपछि उनीहरुबीच नयाँ फिल्ममा टिमअप भएको छ । नाम गोप्य राखिएको फिल्मबाट प्रविनले निर्देशन र सुनिलले निर्माणमा कमब्याक गर्न लागेका हुन् ।

Results : 5011 - 5016 of 24029
Most Visited News (monthly)