
मंगलवार छोरीलाई जन्म दिएकी लोकप्रिय अभिनेत्री श्वेता खड्काले आफूले जीवनको सबैभन्दा ठूलो अवार्ड पाएको बताएकी छन् । मंगलवार साँझ सामाजिक सञ्जालमा छोरीको तस्विर साझेदार गर्दै उनले छोरीको जन्मलाई सबैभन्दा अमुल्य प्राप्ति र बहुमूल्य सम्पत्ति भनेकी छन् । संसारकै सबैभन्दा सुन्दर शब्द आमाबाट सम्बोधित हुन पाएकोमा उनी आफूलाई भाग्यमानी नारी मान्छिन् ।

लोकप्रिय अभिनेत्री श्वेता खड्कालाई पुत्री लाभ भएको छ । मंगलवार दिउँसो उनले काठमाडौंको ग्रान्डी सिटी अस्पतालमा पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् । पारिवारिक स्रोतका अनुसार, सर्जरीको माध्यमबाट श्वेताले छोरीलाई जन्म दिएकी हुन् । आमा र बच्चाको स्वास्थ्य राम्रो रहेको जानकारी प्राप्त छ । श्वेता बच्चाको साथमा केही दिनमा डिस्चार्ज हुने बताइएको छ ।

वर्षौंदेखि नेपाली निर्माताहरुको एउटा रोगी सिद्धान्त छ, विदेशी फिल्मदेखि भाग्ने तर नेपाली फिल्मलाई नछाड्ने । यो रोगले फिल्म क्षेत्रलाई भित्रभित्रै खोक्रो बनाइसकेको छ । फिल्महरु आ-आफैं जुधेर बस्दा न निर्माता उक्सन सकेका छन् न फिल्म क्षेत्रको मुहार फेरिन सकेको छ । लगानी डुबेर पुर्पुरोमा हात राख्न बाध्य भए पनि निर्माताहरु अर्को फिल्मसँग जुधेकोमा नै बढी रमाउने गर्छन् ।

अभिनेत्री करिश्मा मानन्धरलाई सुन्दरताको पर्याय मानिन्छ । उमेरले ५० वसन्त पार गरे पनि उनको सुन्दरतामा कुनै कमी आएको छैन । त्यसैले पनि उनको हमेशा अभिनयभन्दा सुन्दरताको नै बढी चर्चा हुने गरेको छ । उनी राम्रो ‘फेसन सेन्स’ भएकी अभिनेत्री पनि हुन् । कुनै सार्वजनिक कार्यक्रममा उपस्थित हुँदा करिश्माले लगाउने आकर्षक पहिरनले धेरैको ध्यान आकर्षित गरेको हुन्छ ।

यस वर्षको फागुन १९ गते नेपाली फिल्मबीच महासंग्राम हुने भएको छ । यो मितिबाट कुनै निर्माताले खुट्टा नकमाए बक्सअफिसमा पाँच फिल्मको भिडन्त हुनेछ । ‘वर एन्ड वधु’, ‘परस्त्री’, ‘बुलाकी’ र ‘छक्का पञ्जा ४’ले यो मिति रोजिसकेको अवस्थामा अब अर्को फिल्म ‘छड्के २’ पनि थपिएको छ । मंगलवार एक पोस्टर जारी गर्दै फागुन १९ गतेलाई यो फिल्मको प्रदर्शन मिति तोकिएको हो ।

अभिनेता सरोज खनालको डेब्यू निर्देशित फिल्म ‘बगान’को ‘उडी छुनु छ आकाश’ बोलको मर्मस्पर्शी लिरिकल गीत सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच आगामी फागुन १२ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको गीतले एकल महिलाले समाजबाट भोग्ने पीडा, सन्तानप्रतिको अगाध प्रेम र एक्लोपनको कथा बोलेको छ ।

