Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4825 - 4830 of 23834
फिल्मीखबर, काठमाडौं, 2022-11-28, सोमवार

कस्तो फिल्म राम्रो र सफल हुन्छ ? यसको जवाफ एउटै हो, ‘दर्शकले मनपराएको ।’ किनकि, फिल्म दर्शकका खातिर बनाइन्छ । दर्शकले मन पराएनन् भने फिल्म सफल हुने कुरै आउँदैन । र, फिल्म भनेको निर्देशकको सोचअनुरुप बन्छ । निर्देशकले कामप्रति लापरवाही वा खेलाची गरे फिल्म बन्नु र नबन्नुको औचित्य रहँदैन । यसैले त निर्देशकलाई फिल्मको ‘क्याप्टेन अफ द सिप’ भनिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2022-11-28, सोमवार

नयाँ छिमलका चर्चित अभिनेता सलोन बस्नेत विवाह बन्धनमा बाँधिएका छन् । नेपाल एयरलाइन्समा एयर होस्टेस रहेकी करिश्मा केसीसँग उनले लगनगाँठो कसेका हुन् । यतिबेला उनीहरुको चन्द्रागिरी हिल्स रिसोर्टमा विवाह भइरहेको छ । विहान १० बजेतिर बेहुली लिनका लागि चन्द्रागिरीस्थित निजी निवासबाट जन्तीसहित सलोन केवलकार चढेर चन्द्रागिरी हिल्स रिसोर्टमा पुगेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2022-11-27, आईतवार

अभिनेता धिरज मगरले पारिश्रमिक मिलाइदिएको भए निर्देशक झरना थापाले दशैं लगत्तै फिल्म ‘भगवत् गीता’को छायांकन सुरु गरिसकेकी हुने थिइन् । तर, धिरजले ४० लाखभन्दा तल काम नै नगर्ने अडान लिएपछि अब झरनाले अडिसनबाट हिरो छनोट गर्ने भएकी छन् । आइतवार एक पोस्टर जारी गर्दै फिल्मको मुख्य नायक र बाल कलाकारका लागि अडिसन आह्वान गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-11-27, आईतवार

भाइटीकाको भोलीपल्ट अर्थात् कात्तिक ११ गतेबाट प्रदर्शनमा आएको प्रदीप भट्टराई निर्देशित फिल्म ‘महापुरुष’को टिमले केक काटेर सफलताको खुसी साटेको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले केक काट्दै कलेक्सन रिपोर्ट पनि सार्वजनिक गर्‍यो । निर्माता म्याक्स दिपेश खत्रीले फिल्मले ३० दिनमा १० करोड १४ लाख ग्रस व्यापार गरेको जानकारी दिए ।

फिल्मीखबर, काठमाडौं, 2022-11-27, आईतवार

फिल्म ‘प्रेमगीत ३’ हिन्दी भाषामा डब भएर भारतका हलमा प्रदर्शन भएपछि निर्देशक तथा निर्माता सन्तोष सेन र अभिनेता प्रदीप खड्काको भारत आउजाउ बढेको छ । निर्वाचनअघि दुवै केही हप्ता भारत बसेर फर्किएका थिए । चुनाव सकिएपछि फेरि उनीहरु भारत उडे । यतिबेला उनीहरु गोवामा छन् । ‘प्रेमगीत ३’ भारतमा रिलिजपछि दुवैको बलिउडकर्मीसँग पनि निकटता बढेको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-11-27, आईतवार

भारतकी उम्दा कलाकार हुन्, शबाना आजमी । सयभन्दा बढी बलिउड फिल्ममा काम गरिसकेकी उनले रंगमञ्चमा पनि ठूलो नाम बनाएकी छन् । गीतकार जावेद अख्तरकी श्रीमती रहेकी उनले पाँचपटक राष्ट्रिय चलचित्र उत्कृष्ट अभिनेत्री पुरस्कार जितेकी छन् भने कयौं अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान प्राप्त गरेकी छन् । आजमीका ‘गडमदर’, ‘कंधार’, ‘अर्थ’, ‘पार’ सम्झनलायक फिल्म हुन् ।

Results : 4825 - 4830 of 23834