Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4777 - 4782 of 24030
फिल्मीखबर, काठमाडौं, 2023-01-22, आईतवार

सुपरस्टार राजेश हमाल जुन समुदायको बाहुल्यता रहेको क्षेत्रमा पुग्छन्, त्यहाँ उनी त्यस समुदायको भाषा, संस्कृति तथा भेषभुषामा आफूलाई ढाल्ने गर्छन् । मधेश झर्दा धोती, गम्छा र कुर्था लगाउँछन् अनि हिमाली र पहाडी क्षेत्र पुग्दा शेर्पा पहिरनमा ठाटिन्छन् । र, त्यहीँको भाषा बोल्ने प्रयास गर्छन् । सजिलै घुलमिल हुनसक्ने यही विशेषताले नै हमाल हरेक समुदायका प्रिय पात्र बनेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-01-21, शनिवार

विजयादशमी नेपालीहरुका लागि जति महान् पर्व मानिन्छ, त्यत्तिकै महान् समय हो नेपाली फिल्मका लागि । लामो विदा र रमाइलो माहोल हुने भएकाले नेपाली फिल्म प्रदर्शनका लागि यो सबैभन्दा उपयुक्त समय हो । र, दशैं विदामा प्रदर्शन भएका फिल्मले अरु समयभन्दा राम्रो व्यापार गरेका उदाहरण छन् । यसैले दशैं कब्जा गर्न निर्माताहरुबीच एक वर्ष अगावैदेखि रस्साकस्सी हुने गर्छ ।

फिल्मीखबर, काठमाडौं, 2023-01-20, शुक्रवार

यही माघ २० गतेबाट प्रदर्शनमा आउन लागेको ‘ह्यारी कि प्यारी’का कलाकारहरु जितु नेपाल, साम्राज्ञी आरएल शाह विजय बराल, निर्देशक डा. कपिल रिजाललगायतले मोफसल दौडाहाको क्रममा बिहीबार धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईसँग भेट गरेर उनको वृक्षारोपण अभियानमा सघाउँदै करिब ५० हजार बराबरको सयवटा रुद्राक्षको बिरुवा प्रदान गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-01-20, शुक्रवार

नेपाली फिल्ममा कसैको भाग्यले कोल्टे फेरेको छ भने त्यो विपिन कार्कीको हो । अभिनयमा अब्बल हुनु र एकपछि अर्को फिल्म सफल हुँदा उनी मेकरको रोजाईमा परेका छन् । यसै साता फिल्म ‘प्रसाद २’को छायांकन सकाएका उनले दुई दिनको अन्तरालमा दुई फिल्म सम्झौता गरेका छन् । यही बुधबार फिल्म ‘भगवत् गीता’ साइन गरेका कार्कीले शुक्रबार फिल्म ‘चलचित्र’ सम्झौता गरे ।

फिल्मीखबर, काठमाडौं, 2023-01-20, शुक्रवार

आगामी फागुन १९ मा दुई फिल्म ‘छक्का पञ्जा ४’ र ‘छड्के २’ बक्सअफिसमा आमनेसामने हुँदैछन् । यी दुई फिल्मको भीडन्तको चर्चाले सिंगो फिल्म क्षेत्रको ध्यान तानिएको छ । त्यसमाथि देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले अब एकै मितिमा दुई ठूला फिल्म रिलिज नगर्ने भन्दै फागुन १९ मा ‘छक्का पञ्जा ४’ मात्र प्रदर्शन गर्ने अडान लिएपछि विरोधको आवाज समेत सुनिन थाल्यो ।

फिल्मीखबर, काठमाडौं, 2023-01-20, शुक्रवार

साइन गरेर फिल्म छाड्ने मामलामा अभिनेता अनमोल केसीको नाम अगाडि आउँछ । ‘ब्याचलर बन्टी’, ‘हनी बनी’पछि उनले फेरि अर्को फिल्मबाट हात झिकेका छन् । लकडाउनको समयमा सम्झौता गरेको फिल्म ‘एक्स ९’बाट उनी बाहिरिएका हुन् । निर्धारित समयमा छायांकन सुरु नभएको र आफूले अरु फिल्मलाई समय दिनुपर्ने भएकाले फिल्म छाडेको उनले जानकारी दिएका छन् ।

Results : 4777 - 4782 of 24030
Most Visited News (monthly)