Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4765 - 4770 of 24030
फिल्मीखबर, काठमाडौं, 2023-01-25, बुधवार

विदेशी फिल्मको कथा तोडमोड वा दुरुस्तै उतारेर नेपाली फिल्म बन्न गरेको आरोप लाग्ने गर्छ । यसका ताजा उदाहरण ‘कोहलपुर एक्सप्रेस’, ‘लभ स्टेशन’ भैहाले । रिल प्रविधिबाट फिल्म खिच्ने र हलमा देखाइने जमानामा त झन् बलिउड फिल्मको नेपाली रिमेक नै बन्ने गर्थे, विना राइट्सका । डिजिटल युगसँगै विदेशी फिल्मको नक्कल गरेर फिल्म बन्ने क्रम धेरै हदसम्म रोकिएको अवस्था छ ।

फिल्मीखबर, काठमाडौं, 2023-01-24, मंगलवार

नेपाली कलाकारहरु प्रेम सम्बन्धको मामलामा छुपारुस्तम मानिन्छन् । प्रायः गुपचुप प्रेम रुचाउँछन् । करिअर संकटमा पर्ने डरले उनीहरु प्रेम सम्बन्ध खुलाउन चाहँदैनन् । अभिनेता आकाश श्रेष्ठ पनि यो मामलामा अगाडि छन् । अभिनेत्री पूजा शर्मासँग प्रेम सम्बन्ध रहँदा उनी कहिल्यै खुल्न चाहेनन् । बरु, ब्रेकअपपछि पूजाले घुमाउरो रुपमा आकाशसँगको प्रेम स्वीकार गरिरहेकी छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-01-24, मंगलवार

यस वर्षको रेकर्डब्रेक फिल्म ‘कबड्डी ४’का निर्देशक रामबाबु गुरुङद्वारा निर्देशित फिल्म ‘फूलबारी’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार युट्युबमा सार्वजनिक गरिएको ४ मिनेट ९ सेकेन्ड लम्बाईको ट्रेलरमा नेपाली समाजको कहानीलाग्दो पाटोलाई देखाउन खोजिएको छ । बुढेसकालमा माता-पिताप्रतिको जिम्मेवारीबाट सन्तानहरु कसरी पन्छिन खोजिरहेका छन् भन्ने ट्रेलरले बोलेको छ ।

फिल्मीखबर, काठमाडौं, 2023-01-24, मंगलवार

काठमाडौं र भक्तपुरमा गरी ५ र मोफसलमा ६ गरी ११ वटा हल सञ्चालन गरेको क्यूएफएक्स देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन हो । यो चेनमा राम्रो शो पाएर दर्शकको उपस्थिति बलियो भए मात्रै पनि एक/डेढ करोडमा बनेका नेपाली फिल्मले लगानी उठाउन सक्ने अवस्था छ । त्यसैले क्यूएफएक्समा फिल्मलाई राम्रो शो दिलाउन वितरकहरुबीच एकखालको प्रतिस्पर्धा नै हुन्छ ।

फिल्मीखबर, काठमाडौं, 2023-01-24, मंगलवार

नेपालको मधेशसँग नेपाली फिल्म टाढा बनेको छ । बरु, मधेशले भोजपुरी फिल्मलाई आत्मसात् गर्छ । किनकि, नेपाली फिल्ममा न मधेशले आफ्नो कथा भेट्छ न आफू जस्तै पात्र । तर, वर्षौंदेखि बहस के हुँदै आएको छ भने नेपाली फिल्मलाई विश्व बजारमा पुर्‍याउन पहल गर्नुपर्छ । जबकि, मधेशसम्म पनि नेपाली फिल्म पुग्न सकेको छैन । यसतर्फ न राज्य गम्भीर छ न फिल्मकर्मीहरु ।

एजेन्सी, मुम्बई, 2023-01-23, सोमवार

बलिउड अभिनेत्री अथिया शेट्टी र भारतीय क्रिकेटर केएल राहुल सोमबार विवाह बन्धनमा बाँधिएका छन् । विवाहका तस्बिरहरु इन्स्टाग्राममा शेयर गर्दै अथिया लेख्छिन्, ‘तिम्रो उज्यालोमा मैले माया गर्न सिकें । आज, हामीले विवाह गरेका छौं, जसले हामीलाई अपार आनन्द र शान्ति दिएको छ । कृतज्ञता र प्रेमले भरिएको हृदयले, हामी एकताको यो यात्रामा तपाईंको आशीर्वाद चाहन्छौं ।’

Results : 4765 - 4770 of 24030
Most Visited News (monthly)