
महिला निर्देशक समुन्द्र भट्टद्वारा निर्देशित फिल्म ‘गुलाबी : एक रंग’मा अभिनेता नाजिर हुसेनले पहिलो पटक ट्रान्सवुमन (पारलिंगी महिला)को भूमिका निर्वाह गरेका छन् । बिहीबार वसन्त पञ्चमीको अवसर पारेर सार्वजनिक गरिएको फर्स्टलुक पोस्टरमा उनी ट्रान्सवुमनको रुपमा चित्रित छन् । उनको लुक्सले दर्शकलाई ‘सरप्राइज’ बनाउन सक्छ । यसमा उनी टाइटल क्यारेक्टरमा छन् ।

‘कृष्ण लीला’ फेम्ड निर्देशक दीपक वलीको निर्देशनमा फिल्म ‘कामिनो’ निर्माण हुने भएको छ । बुधबार थिम पोस्टर रिलिज गर्दै फिल्मको शीर्षक र अभिनेताको नाम सार्वजनिक गरियो । स्पेनिस शब्दबाट नामाकरण गरिएको फिल्ममा प्रदीप खड्का मुख्य भूमिकामा रहनेछन् । त्यसो त केही दिनअघि नै दीपक वलीको फिल्ममा उनले काम गर्न लागेको खबर सार्वजनिक भएको थियो ।

बलिउड सुपरस्टार शाहरुख खान अभिनीत फिल्म ‘पठान’ रिलिज भएसँगै अभिनेता सलमान खान स्टारर फिल्म ‘किसी का भाई किसी की जान’को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट ४३ सेकेन्ड लम्बाईको टिजर ‘पावर प्याक्ड’ छ । सलमान खतरनाक एक्सन गर्दै प्रस्तुत छन् भने अभिनेत्री पूजा हेगडेसँगको रोमान्टिक दृश्य पनि समावेश छ । टिजर सलमान खान शैलीमा तयार छ ।

यही माघ २० गतेबाट प्रदर्शन हुन लागेको डा. कपिल रिजालको डेब्यू निर्देशित रोमान्टिक-कमेडी फिल्म ‘ह्यारी कि प्यारी’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘धरहरा हल्लियो’ गीतपछि बुधबार ‘मीठो मीठो’ बोलको प्रेमयुक्त गीत युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा युग भुषालको संगीत, निर्देशक रिजालको शब्द रचना छ भने सौरव दास र देवाञ्जली वी जोशीको स्वर सुन्न सकिन्छ ।

बलिउडका सुपरस्टार शाहरुख खानको फ्यान फलोइंग नेपालमा लोभलाग्दो छ । उनका फिल्म ‘फस्ट डे फस्ट शो’ हेर्ने मात्र होइन, जन्मदिन समेत धुमधामले मनाउने फ्यानको संख्या नेपालमा ठूलो छ । त्यसमा अहिलेकी लोकप्रिय अभिनेत्री पूजा शर्मा पनि पर्छिन् । उनी शाहरुखको यति ठूलो फ्यान हुन कि २०७१ सालमा शाहरुख नेपालमा आउँदा भेट्न नपाएकोमा उनी रोएकी समेत थिइन् ।

फिल्म ‘ड्रिम्स’बाट उदाएकी साम्राज्ञी राज्यलक्ष्मी शाहलाई आफ्नो काँधमा फिल्म बोकेर चलाउन सक्ने अभिनेत्रीको रुपमा चित्रित गरिन्छ । यसको मतलब उनको स्टारडम बलियो छ भनिनु हो । तर, दोस्रो फिल्म ‘ए मेरो हजुर २’पछि हलमा उनको स्टारडमको रंग देखिन सकेको छैन । तथापि, उनको माग कमजोर भएको पनि छैन । अहिलेकी उनी महंगो पारिश्रमिक बुझ्ने अभिनेत्री हुन् ।

