
टीकापुर घटनामा दोषी ठहर भएर आजीवन कारावासको कैद सजाय काटिरहेका पूर्व सांसद् रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीमा अभिनेत्री तथा मोडल एलिजा गौतम प्रवेश गरेकी छन् । शनिबार रुपन्देहीको भैरहवास्थित होटल दरबार ल्यानमा आयोजित कार्यक्रममा उनलाई पार्टीकी केन्द्रीय अध्यक्ष तथा संघीय सांसद् रञ्जिता श्रेष्ठले फूलमालासहित पार्टी प्रवेश गराएकी हुन् ।



नेपालबाट हलिउडसँगै विश्वका ठूला उद्योगका फिल्ममा काम गरिरहेको ‘इनसेसेन्ट रेन फिल्म स्टुडियो’का संस्थापक किरणभक्त जोशीले ‘इनसेसेन्ट रेन एकेडेमी’ सुरु गरेका छन् । यही सोमबार उद्घाटन भएको एकेडेमीमा भिजुअल इफेक्ट, थ्रीडी एनिमेसन, गेम डेभलपमेन्ट, फिल्म निर्माण, ग्राफिक्स डेभलपमेन्ट तथा एप डेभलपमेन्टका कक्षा सञ्चालन हुने किरणभक्तले जानकारी दिए ।

सुपरस्टार अनमोल केसी अभिनीत बहुप्रतिक्षीत फिल्म ‘छड्के २’को टिजर सार्वजनिक भएको छ । शुक्रबार युट्युबमा सार्वजनिक १ मिनेट ४६ सेकेन्ड लम्बाईको टिजरमा यार्सा गुम्बा र स्याउको व्यापारमा आफ्नो पकड बनाउन खोज्ने तीन ग्याङबीचको द्वन्द्वलाई रोचक शैलीमा देखाइएको छ । टिजरमा अनमोलको ग्याङस्टर लुक्सले ‘सरप्राइज’ बनाउँछ । उनी हिंसात्मक चरित्रमा प्रस्तुत छन् ।

फिल्म मेकिङप्रति रुचि हुने र त्यसका लागि अवसर खोजिरहेकाहरुलाई लक्षित गरेर म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको सहकार्यमा ‘नेपाल सर्ट फिल्म कम्पिटिसन’ हुने भएको छ । बिहीबार नेपाल फिल्म क्याम्पसमा आयोजित कार्यक्रममा निर्णायक मण्डलका साथै पुरस्कार राशी घोषणा गरियो । यो प्रतियोगिताको निर्णायकहरुमा अनुप बराल, सुरक्षा पन्त र सुजित बिडारी छन् ।

