
अभिनेत्रीको रुपमा डेब्यू नगर्दै नीति शाहको नेपाली फिल्ममा राम्रो डिमान्ड छ । उनीमाथि ठूला ब्यानरको समेत नजर परेको छ । लामो समय फिल्मको अफर नकार्दै आएकी उनले लकडाउनको समयमा फिल्म ‘हुतुत’ साइन गरेकी थिइन् । तर, यो फिल्मको काम नाम जस्तो अगाडि बढ्न सकेन । र, उनले यसै वर्ष अनमोल केसीसँग स्क्रिन शेयर गर्ने गरी फिल्म ‘एक्स ९’ सम्झौता गरिन् ।

गत पुष १५ गते प्रदर्शनमा आएको फिल्म ‘डिसेम्बर फल्स’ले बक्सअफिसमा अपेक्षाकृत नतिजा ल्याउन सकेन । यस वर्षको फ्लप सूचिमा दरिएको फिल्मको अब सिक्वेल भन्ने भएको छ । हुन त फिल्मलाई सिक्वेलको रुपमा अगाडि बढाउने गरी नै टुंग्याइएको थियो । बिहीबार वसन्त पञ्चमीको अवसर पारेर निर्माण टिमले ‘डिसेम्बर फल्स २’को औपचारिक रुपमा निर्माण घोषणा गरेको हो ।

भगवान् शिवकी पत्नी सति देवीको नामबाट लक्ष्मण सुवेदीले आफ्नो नयाँ फिल्मको नाम जुराएका छन् । यही माघ १० गते चलचित्र विकास बोर्डबाट उनले ‘सती देवी’ नाममा फिल्मको निर्माण इजाजत लिएका हुन् । सत्य युगमा दक्ष प्रजापतीकी छोरी सती देवी हिन्दू धर्म ग्रन्थका अनुसार एक पतिव्रता नारी थिइन् । सती शब्द शक्ति नामको अपभ्रंश रूप हो । शक्तिको अर्को नाम सती हो ।

बिहीबार अभिनेता पुष्प खड्काको एक तस्बिरले धेरैलाई अचम्मित तुल्यायो, जसमा उनको निधार र शरीरमा सेतो चन्दन पोतिएको थियो भने उनलाई दुईजना महिलाले दुबो र फूलले पूजा गरिरहेको देखिन्थ्यो । यो तस्बिर हेरेपछि धेरैले गुपचुप रुपमा उनले बिहे गर्न लागेको आँकलन गरे । तर, केहीछिनमा उनले रहस्यको पर्दा उघार्दै फेसबुकमार्फत् आफ्नो व्रतबन्ध भएको जानकारी गराए ।

‘इन्टु मिन्टु लण्डनमा’ फेम्ड निर्देशक रेनशा वान्तवा राई (राणा)ले करिब चार वर्षअघि दोस्रो फिल्म ‘आई एम ट्वान्टी वान’को घोषणा गरेकी थिइन् । निर्माण घोषणाको तीन वर्षपछि कोरोना महामारीताका छायांकन भएको फिल्मको अब नामको अगाडि ‘ज्याकी’ थपिएको छ । बिहीबार वसन्त पञ्चमीको अवसर पारेर निर्माण टिमले एक भिडियोमार्फत् फिल्मको नयाँ नाम ‘रिभिल’ गरेको हो ।

आगामी नयाँ वर्ष (बैशाख १ गते) नेपाली फिल्महरुबीच ठूलो भिडन्त हुने देखिएको छ । ‘भगवत् गीता’, ‘नाईं नभन्नू ल ६’, ‘प्रसाद २’ र ‘जारी’पछि यो मिति अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठ अभिनीत फिल्म ‘बिहे पास’ले पनि प्रदर्शनका लागि रोजेको छ । बिहीबार सरस्वती पूजाको अवसर पारेर फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै बैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।

