
‘रणवीर’ फेम्ड निर्देशक गोविन्द सिंह भण्डारीको निर्देशनमा तयार भएको फिल्म ‘प्रेमा’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार इन्टरनेट रिलिज गरिएको २ मिनेट ४२ सेकेन्ड लम्बाईको ट्रेलरमा अविश्वासले प्रेम सम्बन्ध कसरी संकटमा पर्छ भन्ने देखाइएको छ । शुभेक्क्षा खड्काको प्रेममा रहेका अरुण क्षेत्रीको जीवनमा सृष्टि श्रेष्ठको प्रवेशपछि आउने उतार-चढावको कथामा ट्रेलर तयार छ ।

भारत, नेपालको छिमेकी मुलुक । जहाँ छ विश्वको ठूलो फिल्म उद्योग बलिउड । आउजाउ गर्न र भाषा, दुवैको सहजता छ । केही नेपाली कलाकारहरुले बलिउडमा नाम पनि कमाइसकेका छन् । उदाहरणका लागि अभिनेत्री मनीषा कोइरालाको नामै काफी छ । उनले बलिउड इन्डस्ट्रीमा जुन स्थान बनाइन्, त्यसलाई प्रेरणाको स्रोत मान्दै बलिउड प्रवेशको सपना देख्नेहरु नेपालमा धेरै छन् ।

गत शुक्रबारबाट प्रदर्शित फिल्म ‘छड्के २’ आफ्नो करिअरकै ठूलो डिजास्टर भएपछि सुपरस्टार अनमोल केसीले नवौं फिल्मसम्म आइपुग्दा आफू परिपक्व हुनुपर्नेमा त्यसमा चुक्न पुगेको स्वीकारोक्ति व्यक्त गरेका छन् । अनमोलले शुक्रबार आफ्नो फेसबुक तथा इन्स्टाग्राम एकाउन्टमा दुईवटा नोट लेख्दै ‘छड्के २’ले दर्शकलाई निराश बनाएकोमा आफू झनै दु:खी भएको उल्लेख गरेका छन् ।

एक घटनाका कारण एक वर्ष जेल जीवन विताएर यही फागुन १५ गते रिहा भएका चर्चित अभिनेता तथा मोडल पल शाहलाई भेट गर्न र बधाई दिन दैनिकजसो उनको निजी निवासमा फिल्मकर्मीको भीड लागिरहेको छ । हालै एक अन्तर्वार्तामा अभिनेता तथा गायक यश कुमारले पललाई भेट्न आफ्नो पालो नआएको बताउनुले पनि उनलाई भेट्नेको भीड कतिसम्म छ भन्ने बुझ्न सकिन्छ ।

अमेरिकामा आयोजित ‘वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल’मा तीनवटा अवार्ड जितेको नेपाली फिल्म ‘हल्कारा’को बिहीबार टिजर सार्वजनिक गरिएको छ । आगामी बैशाख २९ गतेबाट प्रदर्शन हुन लागेको फिल्मको पौने दुई मिनेटको टिजर प्रमुख पात्र महेश त्रिपाठीको न्यारेसन (चिठ्ठी वाचन)मा बगेको छ, जहाँ वैदेशिक रोजगारीले सिर्जित समस्यालाई नयाँ कोणबाट व्यक्त गरिएको छ ।

अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी विवाह बन्धनमा बाँधिएका छन् । बिहीबार चितवनस्थित एक रिसोर्टमा उनीहरुले दुई पक्षको परिवारका सदस्यहरुको उपस्थितिमा लगनगाँठो कसेका हुन् । हिजो बुधबार उनीहरुको इन्गेजमेन्ट भएको थियो । सुरक्षाले सामाजिक सञ्जालमा एक तस्विर राख्दै आफू विवाह बन्धनमा बाँधिएको जनाएकी छन् । तस्विरमा उनी निकै खुसी देखिएकी छन् ।

