
गत असार १९ गते अभिनेत्री पूजा शर्माले आफ्नो नयाँ फिल्मका लागि मुख्य अभिनेतामा अनमोल केसीसँग सम्झौता गरेकी थिइन् । पूजाको निर्माण र सुदर्शन थापाको निर्देशन रहने फिल्ममा अनमोल र पूजाको जोडी बाँधिने बताइएको थियो । तर, केही दिनयता अनमोलले यो फिल्मबाट हात झिकेको गाइँगुइँ छ । उनले फिल्म साइन गर्दाखेरि बुझेको रकम समेत फिर्ता गरिसकेको बताइन्छ ।

यही चैत २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रसाद २’का निर्माता सुभाष थापाविरुद्ध यस फिल्मका पूर्व निर्माता केशव पाण्डेले प्रहरीमा चेक बाउन्स र ठगीको उजुरीसँगै केन्द्रीय चलचित्र जाँच समितिमा सेन्सर रोक्न निवेदन दिएपछि फिल्मको प्रदर्शन नै अन्योल बनेको अवस्था छ । प्रदर्शनका लागि अब तीन दिन मात्र बाँकी रहँदा फिल्मको प्रचारको काम समेत हुन सकेको छैन ।

यस वर्षको ब्लकबस्टर फिल्म ‘कबड्डी ४’को जोडी दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहने नयाँ फिल्म ‘हात्तीछाप’को छायांकनभन्दा अगावै मध्य पूर्वी मुलुकमा प्रदर्शन अधिकार विक्री भएको छ । नेप फिल्मले यो फिल्मको प्रदर्शन अधिकार खरिद गरेको हो । नेप फिल्मका प्रमुख रमेश ढकालले मध्य पूर्वी मुलुकमा फिल्मको प्रदर्शन अधिकार महंगो मूल्यमा खरिद गरेका हुन् ।

यही शुक्रबार बलिउडबाट अजय देवगन अभिनीत ‘भोला’ र साउथबाट नानीको ‘दसरा’बीच बक्सअफिसमा भिडन्त भएको थियो । बलिउड र साउथबीच एकखालको शितयुद्ध चलिरहेको समयमा एकसाथ प्रदर्शनमा आएका यी दुई फिल्मको व्यापारलाई लिएर दुवै इन्डस्ट्रीमा चासो थियो । यो ‘हेभीवेट’ भिडन्तमा ‘भोला’भन्दा ‘दसरा’ प्रतिक्रिया तथा व्यापारिक दुवै रुपमा बलियो देखिएको छ ।

चलचित्रको विधामा सक्रिय पत्रकारहरुको संगठित संस्था चलचित्र पत्रकार संघ नेपालले १२ बुँदे ‘धुलिखेल घोषणापत्र’ सार्वजनिक गरेको छ । धुलिखेलस्थित इको रिसार्टमा आइतबार विहान आयोजना भएको ‘नीति तथा परामर्श भेला’मा सहभागी संघका पूर्व अध्यक्षहरु, विभिन्न समितिका संयोजक तथा सदस्यहरुबाट प्राप्त सल्लाह-सुझावअनुसार संघले १२ बुँदे घोषणापत्र जारी गरेको हो ।

चैत २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बहाव’प्रति दर्शकलाई आकर्षित गर्न एउटा आकर्षक योजना अगाडि सारिएको छ । फिल्मको टिकटमा ‘थाइल्यान्ड प्याकेज टुर’को अफर सार्वजनिक गरिएको हो । उक्त प्याकेजमा एक जोडीलाई दुईतर्फी हवाई भाडा र तीनतारे होटलमा बसाईसहितको चार रात, पाँच दिनको टुर समावेश रहेको निर्माता श्रीधर पौडेलले जानकारी दिए ।

