Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4417 - 4422 of 23812
फिल्मीखबर, काठमाडौं, 2023-02-23, बिहिवार

गत कात्तिकमा प्रदर्शित ‘महापुरुष’पछि माघसम्म एक दर्जन बढी फिल्म प्रदर्शन भए । त्यसमध्ये केही फिल्ममा स्टार कहलिएका कलाकार समेत थिए । तर, कुनै फिल्मले सुस्ताएको बजार उठाउन सकेनन् । यसको कारण एउटै हो, दर्शकको अपेक्षामा खरो नउत्रनु । ट्रेलर गर्जेको बाघ जस्तो तर फिल्म भने बिग्रेको बाघको प्रतिमा जस्तो हुँदा नेपाली फिल्ममा दर्शकको खडेरी लागेको हो ।

फिल्मीखबर, काठमाडौं, 2023-02-23, बिहिवार

दिनेश लिङदेनको निर्देशनमा फिल्म ‘तलास २’ निर्माण हुने भएको छ । फाल्गुनन्द लिङदेन फिल्म्स् र यल्लीवूड फिल्म्स्को संयुक्त लगानीमा बन्न लागेको फिल्ममा हत्या, अपहरण, मानव बेचबिखनको चपेटामा नेपाली महिलाहरुले भोग्नु परेको पीडालाई प्रमुख विषय बनाइने निर्देशक लिङदेनले जानकारी दिए ।

फिल्मीखबर, काठमाडौं, 2023-02-23, बिहिवार

सन् २०१३ को औसत हिट फिल्म हो, ‘छड्के’ । औसत यसकारण कि फिल्मको इनिसियल व्यापार तगडा थियो । फिल्म लामो रेसको घोडा बन्न भने सकेको थिएन । अभिनयका पारंगत मानिने विपिन कार्की, सौगात मल्ल, दयाहाङ राई, नम्रता श्रेष्ठ, अर्पण थापा जस्ता कलाकारहरुको अभिनय रहेको फिल्मले नेपालमा ग्याङस्टर जनराको पनि राम्रो बजार छ भन्ने एउटा मानक स्थापित गरेको थियो ।

फिल्मीखबर, काठमाण्डौ, 2023-02-22, बुधवार

यही फागुन १९ गतेबाट प्रदर्शन हुन लागेको ‘छड्के २’ ट्रेलर रिलिज भएको छ । यो फिल्ममा अनमोलको चरित्र ग्याङस्टरको छ । पहिलो पटक ग्याङस्टर भूमिका निर्वाह गरेका कारण यो फिल्म अनमोलका लागि अग्नि परीक्षा मानिएको छ । जसको कारण यो फिल्मको व्यापारमा दमदार अपेक्षा गरिएको छ ।

फिल्मीखबर, काठमाडौँ, 2023-02-22, बुधवार
दयाहाङ राई र प्रकृति श्रेष्ठ स्टारर फिल्म ‘बिहे पास’को टिजर रिलिज भएको छ । साढे १ मिनेट लामो टिजरमा वैवाहिक जीवनमा बाँधिएका जोडीलाई रोजगारीको बिषयलाई लिएर हुने मतभेद देख्न सकिन्छ । 
Results : 4417 - 4422 of 23812