Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4351 - 4356 of 23526
एजेन्सी, मुम्बई, २०७९ पौष २०, बुधवार

बलिउडको एउटा माइलस्टोन फिल्ममध्येमा गनिन्छ, ‘गदर’ । सन् २००१ मा रिलिज भएको सनी देओल र अमीषा पटेल अभिनीत यो फिल्मको बक्सअफिसमा अभिनेता आमिर खान स्टारर फिल्म ‘लगान’सँग भिडन्त भएको थियो । यसका बावजूद पनि फिल्मले कमाईमा कयौं रेकर्ड बनाएको थियो । रिलिजको २२ वर्षपछि पनि यो फिल्मका हरेक एक दृश्य र संवाद दर्शकलाई कन्ठस्थ छ ।

फिल्मीखबर, काठमाडौं, २०७९ पौष २०, बुधवार

हतारमा फिल्मको घोषणा गरेर पछि विभिन्न कारणले थन्किने रोग नेपाली फिल्म क्षेत्रमा व्याप्त छ । छायांकनमा नजाँदासम्म फिल्म निर्माण हुन्छ भन्नेमै आशंका उब्जिने गरेको छ । कति फिल्म त छायांकन हुँदाहुँदै पनि थन्किने गरेका हुन्छन् । निर्देशक मधुसुदन भट्टराईलाई नै हेर्ने हो भने फिल्म ‘निर्भय’पछि उनले विभिन्न कलाकारसँग सम्झौता गरेर घोषणा गरेको फिल्म बन्न सकेका छैनन् ।

फिल्मीखबर, काठमाडौं, २०७९ पौष २०, बुधवार

नेपालमा निकै कम बन्ने जनरामा पर्छ, हरर फिल्म । वर्षमा एक-दुईवटा मात्र हरर फिल्म बन्छन् । अहिलेसम्म बनेका हरर फिल्मले सफलता हासिल नगर्नु र प्राविधिक पक्ष अत्यन्त अब्बल हुनुपर्ने भएकाले पनि निर्माताहरु हरर फिल्म जोखिमपूर्ण मान्छन् । तर, विश्वमा हेर्ने हो भने हरर फिल्मका दर्शक उल्लेख्य छन् । नेपालमा स्तरीय हरर फिल्म नबनेका कारण असफल भएको स्पष्ट छ ।

फिल्मीखबर, काठमाडौं, २०७९ पौष २०, बुधवार

सारा सिरपाइली ‘हिरोइन मेटिरियल’ हुन् । उनमा अभिनय र सुन्दरता दुवै छ । फिल्म ‘रुद्र’बाट डेब्यू गरेकी उनले अभिनयमा राम्रो सम्भावना देखाएकी थिइन् । उनको सुन्दरताको पनि ठूलै चर्चा भएको थियो । तर, फिल्मको नतिजा अत्यन्त निराशाजनक आयो । यसपछि साराले दोस्रो फिल्मको रुपमा ‘पिंजडा ब्याक अगेन’ गरिन् । यसबाट पनि संख्या थप्नेबाहेक अरु उपलब्धि नै हुन सकेन ।

फिल्मीखबर, काठमाडौं, २०७९ पौष १९, मंगलवार

शुक्रबारबाट व्यवसायिक प्रदर्शन आरम्भ गरेको फिल्म ‘डिसेम्बर फल्स’को तेस्रो गीत सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक ‘लखर लखर’ बोलको गीतमा केतन क्षेत्रीको स्वर, कोशिश क्षेत्रीको शब्द रचना तथा संगीत रहेको छ । प्रविन सिंहको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता आर्यन सिग्देल अभिनेत्री उपासना सिंह ठकुरीलाई फकाउँदै देखिएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०७९ पौष १९, मंगलवार

चर्चित गायक यम बरालको करिअरको सदाबहार गीत ‘बादलुको घुम्टोले’को स्थायी शब्द ‘तिमीलाई सम्झिँदा’माथि फिल्म निर्माण हुने भएको छ । गायक बराल स्वयंले फिल्मको निर्माण गर्न लागेका हुन् । लभस्टोरी कथामा बन्न लागेको फिल्मका लागि कलाकार र निर्देशकको टुंगो लाग्न बाँकी छ । फिल्मको कथाअनुसार नयाँ कलाकारको अभिनय रहने सम्भावना रहेको जानकारी प्राप्त छ ।

Results : 4351 - 4356 of 23526