
फिल्म निर्माणमा सफलताको स्वाद चाखिरहेका किरण नेपालीको परिचय निर्माताको रुपमा मात्र सीमित छैन । दुई सफल फिल्म ‘पोइ पर्यो काले’ र ‘दुई नम्बरी’ निर्माण गरिसकेका उनी कलाकार पनि हुन् । राजु गिरीको निर्देशनमा बनेको फिल्म ‘दिलमाया २’मा उनले मुख्य भूमिकामा काम गरेका छन् । पुनः एकपटक उनले निर्देशक गिरीको नयाँ फिल्ममा अभिनय गर्ने भएका छन् ।

डेब्यू फिल्म ‘रुद्र’बाटै अभिनेत्री सारा सिर्पालीले अभिनयमा राम्रो सम्भावना देखाएकी थिइन् । उनको सुन्दरताको त चर्चा भएको थियो नै, चरित्रमा डुबेर स्वभाविक अभिनय पनि पस्किएकी थिइन् । दोस्रो फिल्म ‘पिंजडा ब्याक अगेन’बाट पनि उनले अभिनयमा निराश बनाइनन् । तेस्रो फिल्म ‘सुश्री सम्पत्ति’मा भने सिर्पालीको क्यारेक्टर नै कमजोर भएकाले त्यसको असर अभिनयमा देखियो ।

नेपाली फिल्मका दुई सम्भावना बोकेका अभिनेत्रीद्वय साम्राज्ञी आरएल शाह र सारा सिर्पाली पहिलो पटक बक्सअफिसमा आमने-सामने भएका छन् । शुक्रबारबाट उनीहरु अभिनीत दुई फिल्म एकसाथ प्रदर्शनमा आएको छ । साम्राज्ञीको करिब २ वर्षपछिको कमब्याक फिल्म ‘तिम्रो मेरो साथ’ र साराको करिब ३ वर्षपछिको कमब्याक फिल्म ‘गुञ्जन’ले प्रदर्शन यात्राको थालनी गरेका हुन् ।

साउथ सुपरस्टार अल्लु अर्जुन अभिनित तथा त्रिविक्रम श्रीनिवास निर्देशित सुपरहिट एक्शन-ड्रामा फिल्म ‘अला वैकुण्ठपुरमलो’को हिन्दी रिमेक ‘शहजादा’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक ट्रेलर दमदार देखिन्छ । अभिनेता कात्तिक आर्यनको रोमान्टिक र एक्सन अवतारले ट्रेलर हेर्न लायक छ । ‘अला वैकुण्ठपुरमलो’ हेरिसकेका दर्शकलाई भने ट्रेलर औसत लाग्न सक्छ ।

एनलग सिस्टम अर्थात् रिलबाट फिल्म खिचिने युगमा नेपाली फिल्म कम निर्माण हुन्थे र प्रायःले एकल प्रदर्शन पाउँथे । डिजिटल युगको सुरुवातसँगै फिल्म निर्माणमा आएको बाढीले अचेल नेपाली फिल्मका लागि एकल प्रदर्शन दुर्लभ जस्तै बनेको छ । यद्यपि, प्रतिष्ठित ब्यानर र स्टार कलाकारका फिल्मले भने प्रायः सोलो रिलिजको मौका पाइरहेकै हुन्छन् । तर, यो संख्या ज्यादै न्यून हुन्छ ।

भोलि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘तिम्रो मेरो साथ’को प्रचारका लागि अभिनेत्री साम्राज्ञी आरएल शाहको दौडधुप राम्रै छ । करिब एक साता लामो मोफसल दौडाहापछि काठमाडौं प्रचार-प्रसारमा केन्द्रित भएकी उनी बुधबार दिउँसो चितवन महोत्सवका साथै सोही पर्यटकीय नगरीमा राखिएको प्रिमियरमा सहभागी हुनका लागि फिल्मको टिमसँग चितवन पुगेकी थिइन् ।

